२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

किर्ते गरेको अभियोगमा मालपोत अधिकृत पक्राउ



सदरलाइनडटकम,
नेपालगञ्ज : मालपोत कार्यालय बर्दियाका निमित्त प्रमुख मालपोत अधिकृत रामकुमार बोहरालाई बर्दिया प्रहरीले पक्राउ गरि बाँकेमा बुझाएको छ । करिब चार महिनाअघि ठाकुरबाबा नगरपालिका नेउलापुरमा रहेको सरकारी जमिन व्यक्तिको नाममा नामसारी गरेको मुद्दामा अनुसन्धानका लागि उनलाई बर्दिया प्रहरीले मालपोत कार्यालयबाट पक्राउ गरि बाँके पठाएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
सरकारी जमिन किर्ते गरी व्यक्तिको नाममा नामसारी गरेको मुद्दामा बाँके प्रहरीले अनुसन्धान गरिरहेको छ । पुरानो मुद्दामा अनुसन्धानका लागि बोहरालाई पक्राउ गरी बर्दिया प्रहरीले बाँके प्रहरीलाई बुझाएको उनले बताए । भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारी मिलेर नेउलापुरको ६ विघा जमिन किर्ते गरेर ब्यक्तिको नाममा नामसारी गरेको आरोप छ ।
यही आरोपमा यसअघि जिल्ला भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका नायव सुब्बा कृष्णलाल शर्मा र खरिदार भूमिराज पोखरेललगायतका कर्मचारीलाई बर्दिया प्रहरीले पक्राउ गरी बाँके प्रहरीलाई बुझाएको थियो ।

प्रकाशित मिति : २०७५ चैत १९ गते मंगलबार
ताजा समाचार