वलीको गम्भीर ध्यानाकर्षण

२३ फाल्गुन २०७५, बिहीबार १५:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके कोहलपुर–१० बिद्यानगरका खोपिराम वलीले आफ्नो नाम नेकपा (विप्लव समुह निकटको) नेपाल राष्ट्रिय प्राध्यापक संघठनसँग जोडिएको प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ती जारी गरी जनाएका छन् ।

नेकपा विप्लव समुह निकट नेपाल राष्ट्रिय प्राध्यापक सघठनको राष्ट्रिय सम्मेलनले केन्द्रीय सचिवमा मनोनित गरेको भन्ने कुरा विभिन्न सञ्चार माध्यामबाट जानकारी भए अनुसार आफु सो संगठनमा संलग्न नभएको विज्ञप्तीमा उल्लेख गरेका छन ।


उनले २०७५माघ २७ गते विज्ञप्ती जारी गरी आफु नेपाल राष्ट्रिय प्राध्यापक सघठनको कुनै पनि पदमा नरहेको जानकारी गराउदै आफुलाई अनाहकमा सो संघठनमा नजोड्न आग्रह गर्दै विज्ञप्ती जारी गरेका छन् ।

Next Post

भारतको जम्मुमा बम विस्फोट हुँदा २५ घाइते

२३ फाल्गुन २०७५, बिहीबार १५:४३
सदरलाइनडटकम, काठमाण्डौ : भारतको जम्मू–कश्मीर राज्यको जम्मूमा ग्रेनेड विस्फोट हुँदा २५ जना घाइते भएको बीबीसीले जनाएको छ । बिहीवार दिउँसो बम विस्फोट भएको प्रहरीले जनाएको छ । जम्मु डिभिजनका प्रहरी महानिरीक्षक एमके सिन्हाले केही संदिग्ध व्यक्तिले बसपार्कमा रहेको बसबाट बाहिर ग्रेनेड बम फ्याँकेको बताएका छन् । उक्त बम विस्फोट हुँदा […]

सम्बन्धित