सदरलाइनडटकम,
काठमाण्डौ : भारतको जम्मू–कश्मीर राज्यको जम्मूमा ग्रेनेड विस्फोट हुँदा २५ जना घाइते भएको बीबीसीले जनाएको छ । बिहीवार दिउँसो बम विस्फोट भएको प्रहरीले जनाएको छ ।
जम्मु डिभिजनका प्रहरी महानिरीक्षक एमके सिन्हाले केही संदिग्ध व्यक्तिले बसपार्कमा रहेको बसबाट बाहिर ग्रेनेड बम फ्याँकेको बताएका छन् । उक्त बम विस्फोट हुँदा बसपार्कमा भएका व्यक्ति घाइते भएका हुन् ।
प्रारम्भिक अनुसन्धानअनुसार विस्फोटबाट पञ्जाब रोडवेजको एउटा बसमा क्षति पुगेको छ भने बसमा रहेका केही यात्रु घाइते भएका छन् । नजिकै रहेको अस्पतालमा घाइतेहरुको उपचार भईरहेको छ ।
(एजेन्सी)
