पुस २ गते दैलेखी समाजको गाभरमा बनभोज (पिकनिक)

सदरलाइन संवाददाता २९ मंसिर २०७९, बिहीबार १२:३८
 

नेपालगञ्ज :  कर्णाली प्रदेशको सुन्दर जिल्ला दैलेखबाट बाँकेमा आएर बसोबास गर्ने दैलेखीहरुको हकहित र अधिकारका लागि मानविय कार्यमा समर्पित दैलेखी समाज बाँकेले पुस २ गते कोहलपुरको गाभरमा बनभोज (पिकनिकको) आयोजना गरेको छ ।

बाँके बर्दियामा बसोबास गर्दै आएका आम दैलेखीहरु बिच भाईचाराको सम्बन्ध कायम गरी यस संस्थालाई संस्थागत रुपमा अघि बढाउन र विविध बिषयमा छलफल गर्दै आगामी अधिवेशन तयारीका बिषयमा रणनीति बनाउन पिकनिकको आयोजना गरिएको समाजका अध्यक्ष इश्वर श्रेष्ठले जानकारी दिए ।


विगत लामो समयदेखि नागरिक अधिकारसँगै दैलेखीको हकहितमा काम गर्दै आएको यस सामाजिक संस्थाले आगामी दिनमा पनि नीति, योजना र निमार्ण गरी विविध कार्यक्रम अघि बढाउने लक्ष्य लिएको छ । पुस २ गते हुने सो पिकनिकमा सम्पूर्ण दैलेखी मनहरुलाई सहभागिताका लागि आग्रह गरिएको छ । जसका लागि बाँकेको नेपालगञ्ज र कोहलपुरबाट बसको व्यवस्था गरिएको समाजका सचिव डिबी थापाले बताए ।

यसअघि पनि समाजले हरितालिका तीजमा दिदिबहीनीलाई दर खुवाउने कार्यक्रमसँगै हरेक बर्ष पिकनिक लैजाने लगायतका कार्यक्रम गर्दै आएको छ । पुस २ गते गरिने उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसेको नागरिक अगुवा तथा समाजका सल्लाहकार मीनबहादुर मल्लले बताउँछन । उनकाअनुसार समाजको उत्तः कार्यक्रममा बाँकेमा बसोबास गर्ने सम्पूर्ण दैलेखीमनहरुलाई अनिवार्य सहभािगताकालागि अनुरोध गरिएको छ ।

कार्यक्रमलाई भव्य तथा सभ्य रुपमा सफल बनाउन आम दैलेखीमा सुचना तथा प्रचार प्रसारलाई तीब्र पारिएको समाजका अगुवा तथा सन्चारकर्मी कमल न्यौपाने बताउँछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेडिकल कलेज कोहलपुरमा बन्द रहेको डायलाइसिस सेवा शुरु

२९ मंसिर २०७९, बिहीबार १२:३८
नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा बन्द रहेको डायलसिस सेवा पुनः शुरु भएको छ । साउनयता डायलसिस सेवा नियमित हुन नसक्दा बिरामीको अकालमै मृत्युवरण गरिरहेका थिए । अस्पतालमा डायलाइसिस सेवा बन्द हुँदा साउनयता मात्रै ३३ जनाको मृत्यु भएको थियो । मेडिकल कलेजले निजी सेवा प्रदायक कम्पनी बिरंग हेल्थ […]