धेरै राजनीतिक दल भन्दापनि बलिया राजनीतिक दलको आवश्यकता : एमाले महासचिव पोखरेल

सदरलाइन संवाददाता १५ भाद्र २०८१, शनिबार १९:५४
 

 

काठमाडौं  : नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतामा जब निराश, कुण्ठा र सामाजिक अराजकता बढेसैगै देशको राजनीतिमा चुनौती उत्पन्न हुने बताएका छन् ।

नेपाल निर्माण उद्योग परिषद्को पाँचौँ वार्षिक साधारण सभा एवं तेस्रो अधिवेशनको बन्द सत्रलाई शनिबार ललितपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले नेपाल अहिले यही चुनौतीको अवस्थामा रहेको बताए । देश आर्थिक संकटमा परेको कारण यो चुनौती अझ थपिएको पोखरेलको भनाइ छ ।

मुलुकलाई आत्मनिर्भर र गतिशील बनाउन नसक्दा देशको आर्थिक अवस्था कमजोर रहेको उहाँले स्पष्ट पार्दै राज्य हिजो जति खर्च गर्दथ्यो आज त्यति खर्च गर्न नसक्ने अवस्थामा रहेको पोखरेलको भनाइ छ ।

एमालेको सरकारले जुन गतिका साथ काम अगाडि बढाएको थियो सोही गतिमा अघि बढाउन सकेको भए देशमा अहिले यो अवस्था नआउने उनले तर्कगर्दै बिचमा एमाले सरकार हटेपछि देशको विकासको गति पछि परेको पोखरेलले बताए । ‘एमाले र त्यसको नेतृत्वका विरुद्ध जुन प्रकारको घेराबन्दी भयो, त्यो नै आजको सङ्कट र बेथितिको कारण बनेको छ’, उनले भने ।

एमाले महासचिव पोखरेलले देशमा विकास र समृद्धिको यात्रा एमालेसँग परामर्श गरेर अघि बढ्नुको सट्टा माओवादी अध्यक्ष पुष्पकमल दाहाल एकलौटी ढङ्गले अघि बढेर एमाले बाहेकको सत्ता समीकरणको खेलमा लागेको कारण कांग्रेससँग समीकरण गरेर एमाले अघि बढेको बताए । ‘सात बुँदे सहमति गरेर अहिलेको सरकार गठन भएको कुरा तपाईँहरूलाई जानकारी छँदै छ’, उनले भने ।


नयाँ सरकारसँग नागरिकको केही आशा र भरोसा बढेको पोखरेलले बताउदै दिगो विकास, शान्ति र स्थिरताको सङ्कल्प सहित ठुला दलहरूको सरकार बेनको कारण देशमा आशाको सञ्चार भएको उनको भनाइ छ ।

आज मुलुकमा जनमत विभाजित भएको बताउँदै उनले यसले धेरै राजनीतिक दल र अस्थिरता निम्त्याएको पोखरेलले बताए । धेरै राजनीतिक दल होइन बलिया राजनीतिक दल मुलुकको आवश्यकता भएको उनले स्पष्ट पारे । ‘लोकतन्त्रमा राजनीतिक दल बलिया भएनन् भने राज्य बलियो हुँदैन, राज्य बलियो भएन भने विकासको नेतृत्व गर्न सक्दैन’, उनले भने ।

निर्माण व्यवसायीका पनि धेरै संस्था भन्दा बलियो संस्था आवश्यक रहेको उनको भनाइ छ । ‘सबै साथीहरूलाई यसमा जोड्नु पर्छ, यो संस्था जति विभाजित हुन्छ, राष्ट्र निर्माणको प्रक्रिया त्यति नै कमजोर हुन्छ’, पोखरेलले भने ।

मुलुकको राजनीतिलाई अब पुँजीवाद भित्र सुधार वा त्यसको विकल्पको बाटो दुई ध्रुवमा विभाजन गरी अघि बढ्नु पर्ने पोखरेलले बताए । त्यसको लागि दुईवटा राजनीतिक पार्टी आवश्यक पर्ने उनको धारणा छ । सामन्तवादी शासन व्यवस्था अब सम्भव नभएको पोखरेलले स्पष्ट पारे ।

एमाले महासचिव पोखरेलले मुलुकमा अहिले अराजकता बढेको बताउँदै त्यसको सबैभन्दा बढी सिकार निर्माण व्यवसाय क्षेत्र भएको बताउदै अराजक समूहका कारण निर्माण व्यवसायीको दायित्व बढ्ने र समयमा काम सम्पन्न गर्न नसक्ने स्थिति बनेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्तमान सरकार गठन प्रकृया नै अबैध छ : पूर्व प्रधानमन्त्री प्रचण्ड

१५ भाद्र २०८१, शनिबार १९:५४
नेपालगञ्ज  : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार गठन प्रकृया नै अबैध भएको बताउदै यसलाई सडकबाट प्रतिकार गर्ने चेतावनी दिएका छन् । प्रेस सेन्टर बाँकेले आइतबार बिहान आयोजना गरेको पत्रकार भेटघाटका क्रममा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले सो चेतावनी दिएका हुन । सरकार गठन प्रक्रिया […]