नरैनापुरमा पुनः शाह र श्रीबास्तब

सदरलाइन संवाददाता ७ जेष्ठ २०७९, शनिबार १४:०३
 

नरैनापुर (बाँके) :  बाँकेको नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपाल विजयी भएको छ । यो जसपाको दोस्रो कार्यकाल हो । अध्यक्षमा इस्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्तीदेवी श्रीवास्तव निर्वाचित भए । उनीहरु दुबै जना पालिकामा दोस्रोपटक निर्वाचित भएका हुन ।

जसपाका शाहले कांग्रेसका रामचन्द्र मौर्य र श्रीवास्तवले कांग्रेसकै अतिकुन निशा खाँलाई पराजित गरेका हुन् । शाह ५०३७ मतका साथ निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी मौर्यले ३६८५ मत पाएका छन् भने श्रीवास्तव ३८७९ मतका साथ निर्वाचित हुँदा खाँले ३६७२ मत पाइन् । एमाले तेस्रो स्थानमा सिमित रहेको छ ।


नरैनापुरमा ४ वटा वडा कांग्रेस र २ वडा जसपाले जितेका छन् । वडा नम्बर १, ४, ५ र ६ मा कांग्रेस तथा २ र ३ मा जसपाले विजयी हासिल गरेको हो ।

दास्रो कार्यकालको लागि पुन निर्वाचित भएपछि अध्यक्ष शाहले नरैनापुरको विकासमा आफुले गरेको योगदानको जनताले उच्च मूल्याङ्कन गरेको बताए । उनले आगामी दिनमा अझ जनताको मन जित्ने गरी काम गर्ने प्तिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राजनीतिक प्रतिशोधका कारण घरमा पसेर आक्रमण भयो : पाठक

७ जेष्ठ २०७९, शनिबार १४:०३
नेपालगञ्ज : नेपालगञ्ज–१७ परस्पुरमा गत जेठ ५ गते राति निबर्तमान वडा अध्यक्ष अजय पाठकको घर अगाडि भएको झडप राजनीतिक प्रतिशोधको कारणले गराईएको आरोप लगाईएको छ । गत बैशाख ३० गते सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा जितेका लक्ष्मणप्रसाद बर्मा नेतृत्वको टोलीले निवर्तमान वडा अध्यक्ष पाठकको घर अगाडि पुगेर होहल्ला […]