एक थुनुवाको मृत्यु

२६ पुष २०७५, बिहीबार ०७:३२
 

लमही, : जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि घोराही कारागारमा राखिएका बगङ्लाचुली गाउँपालिका–६ निवासी ५५ वर्षीय तिलबहादुर महराको मृत्यु भएकोे छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार बुधबार अपराह्न ४ बजेतिर बिरामी भएका महराको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा निधन भएको हो ।


हातखुट्टा  सुन्निने र  श्वास फेर्न गाह्रो हुने समस्या देखिएका महराको पौने ७ बजेतिर मृत्यु भएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो । उनको शव परीक्षणका लागि सोही प्रतिष्ठानमा राखिएको छ । रासस 

Next Post

किबी खेतीतर्फ आकर्षण

२६ पुष २०७५, बिहीबार ०७:३२
करन ताम्राकार / रासस, अमरगढी,  : डडेल्धुरा जिल्लाका किसान स्वास्थ्यका लागि फाइदाजनक र आर्थिक दृष्टिकोणले समेत उपयोगी मानिएको किबी खेतीतर्फ आकर्षित भएका छन् । सुन्तला उत्पादनमा कमी आएका कारण किसान उक्त खेतीतर्फ लागेका हुन् । शुरुमा एक पटक लगानी गरेपछि ४०/५० वर्षसम्म उत्पादन दिइरहने र बजारको समेत अभाव नहुने भएकाले […]