भेरी अस्पतालको ओपिडी शनिवारदेखि बन्द

सदरलाइन संवाददाता ४ कार्तिक २०८०, शनिबार १२:४५
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जको सम्पूर्ण ओपिडी सेवा शनिवारदेखि बन्द भएको छ । नेपालीहरूको महान पर्व विजयादशमीको अवसरमा आजदेखि ९ गतेसम्म अस्पतालको सम्पूर्ण ओपिडी सेवाहरु बन्द भएको अस्पतालले जनाएको हो ।


भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिनेश कुमार चौधरीले एक सूचना जारी गर्दै कार्तिक ४ गतेदेखि ९ गतेसम्म दशैं बिदा परेकाले अस्पतालको सम्पूर्ण ओपिडी सेवाहरु बन्द रहने र इमरजेन्सी र इन्डोर लगायतका अन्य सेवाहरु यथावत रुपमा सञ्चालनमा रहने जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दसैँको अवसरमा चिसापानीमा सरसफाइ अभियान

४ कार्तिक २०८०, शनिबार १२:४५
नेपालगञ्ज : विजया दशमीको अवसरमा बैजनाथ–१, चिसापानीस्थित पुरानो वस्ती थारुगाउँमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । चिसापानी सडक बत्ती उपभोक्ता समितिको आयोजनामा शनिबार सरसफाइ अभियान सञ्चालन गरिएको होे । कार्यक्रममा प्रमुख अतिथि बैजनाथ–१ का वडाध्यक्ष रुपबहादुर मल्लले सरसफाइ अभियान राम्रो कामको सुरुवात भएको बताए । ‘यो अभियानले आफ्नो वरपरको फोहोर […]

सम्बन्धित