सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जबाट ३५ लाखबढी नेपाली रुपैयासहित दुई भारतीय पक्राउ परेका छन् ।
नेपालगञ्जको टागा स्टेण्ड नजिकबाट जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष प्रहरी टोलीले ठूलो परिमाणमा नेपाली रुपैयासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
घटनास्थलमा रहेका प्रहरी निरिक्षक दिपक मल्लले दिएको जानकारी अनुसार दुई भारतीय नागरिकको साथबाट ३५ लाख ४४ हजार नगद रुपैया शरिरको विभिन्न भागमा लुकाएर हिडेको अवस्थामा प्रक्राउ गरिएको हो ।
प्रहरीले त्यो रुपैयाँ कहाबाट अयो भन्ने विषयमा अनुसंधान गदै मुचुल्का उठाइ राखेको छ । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।


