
तस्बिर : इमेजखबर ।
सदरलाइनडटकम,
बारा : बाराको सिमरास्थित हुलास स्टिल इन्डस्ट्रिज प्रालिमा आगलागी भएको छ । शनिवार मध्यान्ह हुलास स्टिलको कुलिङ टावरमा लागेको आगलागीबाट ४० लाख भन्दा बढीकोे क्षति पुगेको प्रारम्भिक अनुमान छ ।
आगो सल्किरहेको अवस्थामा कर्मचारी त्यहाँ पुगेको बताइएको छ । नेपाल आयल निगम अमलेखगञ्ज र जीतपुर–सिमरा उपमहानगरपालिकाको बारुणयन्त्रको सहायतामा करिब ४० मिनेटको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।
प्रकाशित मिति : २०७५ चैत २ गते शनिबार












प्रतिक्रिया दिनुहोस्