२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

नेपालगञ्जमा सालको अवैध काठ बरामद



सदरलाइनडटकम,
नेपालगञ्ज : बन कार्यालयको टोलीले नेपालगञ्जमा बेवारिसे अवस्थामा अवैध काठ बरामद गरेको छ । डिभिजन बन कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगञ्जको संयुक्त टोलीले नेपालगञ्ज १० गोसाइँगाउँबाट बेवारिसे अवस्थामा ३ थान सालको अवैध गोलिया बरामद गरेको हो ।
स्थानीयले सोमवार बिहान खबर गरेपछि गोसाइँगाउँको पुर्व पट्टी रहेको खाली चौरबाट २५ दशमलव ६० क्युफिट सालको गोलिया र २ थान साईकल बरामद गरेको डिभिजन वन कार्यालयले जनाएको छ । बरामद काठ र साईकललाई आवश्यक अनुसन्धानका लागि डिभिजन बन कार्यालयमा राखिएको डिभिजनल वन अधिकृत मोहन श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७५ चैत ११ गते सोमबार
ताजा समाचार