२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

प्रदेस स्थापना दिवसको अवसरमा रक्तदान



सदरलाइनडटकम,
नेपालगञ्ज  : प्रदेस नं. ५ स्थापना दिवसको अवसरमा सामाजिक विकास मन्त्रालय बुटवलको आयोजनामा नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

स्वास्थ्य कार्यालय बाँके र नेपाल रेडक्रश सोसाईटी रक्तसञ्चार सेवा केन्द्र नेपालगन्जको समन्वयमा सम्पन्न सो रक्तदान कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीबास्तवले गरेका थिए ।

प्रदेस नं. ५ को स्थापना दिवसको अवसरमा बाँके, रुपन्देही र दाँगमा विहीबार रक्तदान कार्यक्रमको आयोजना गरिएको र शुक्रबार प्रदेस नं ५ को पाँच जिल्लामा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

निशुल्क स्वास्थ्य शिविर बाँकेको नरैनापुर, नवलपरासी, रुपन्देही, रोल्पा र दाँगमा गरिने भएको हो ।

यसैबीच सो अवसरमा ४० जनाले रक्तदान गरेको जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए । 

प्रकाशित मिति : २०७५ फागुन २ गते बिहीबार
ताजा समाचार