सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका वडा नं २ सितापुरले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई कदरपत्र, दोसल्लाहले सम्मान गरिएको वडाध्यक्ष देविलाल खनालले जानकारी दिए ।
प्रदेश नंंं. ५ का सांसद बाबुराम गौतम र खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले वडा नंं. २ का २१ जना जेष्ठ नागरिकलाई दोसल्लाह, कदरपत्र र जनही ३ सयका दरले सम्मान गरेका थिए ।
वडाध्यक्ष खनालका अनुसार सामाजिक सुरक्षा कार्यक्रममा सहभागी मध्येबाट समाजसेवी तथा पूर्व जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । वडाध्यक्ष खनालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरुको पनि सहभागिता थियो ।


