२०८३ कात्तिक १५ , शनिबार
Sadarline
२०८३ कात्तिक १५ , शनिबार

शालिक हटाईएको प्रति पुनःस्थापना समितिको आक्रोश



IMG_8874 सदरलाइनडटकम
१८ भदौ, नेपालगन्ज : नेपालगन्जको धम्बोझी चोकमा स्थापना गरिएको पूर्व राजा वीरेन्द्रको शालिक हटाईएको प्रति स्व. राजा वीरेन्द्रको शालिक पुनः स्थापना समितिले आक्रोश व्यक्त गरेको छ ।
शनिबार साँझ नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी समितिका संयोजक भिमबहादुर शाहीले धम्बोझी चोकमा पूर्व राजा वीरेन्द्रकै शालिक भएको ठाँउमा हामीले शालिक पुनःस्थापना गर्दा प्रशाशनले बल मिच्याई गरेर हटाईनु अत्यन्तै दुखद घटना भएको उल्लेख गरे ।
उनले भने–‘पूर्व राजा वीरेन्द्रको शालिक भएकै ठाँउमा हामीले नागरिक स्तरबाट शालिक निर्माण गरी स्थापना गरेको शालिक हटाईनु अत्यन्तै भत्र्सना योग्य काम भएको हाम्रो ठहर छ ।’ उनले पर्वको बेला भएको कारण आफ्ना संघर्षका कार्यक्रम हाललाई स्थगित गरेको र तीज सकिए लगत्तै पुनः धम्बोझी चोकमा पूर्व राजा वीरेन्द्रको शालिक पुनः स्थापना गर्नको लागि अभियान चलाउने जानकारी दिए ।
उनले भने–‘हामीले सो ठाँउमा शालिक राख्नको लागि धर्ना, हस्तक्षर संकलन, कोणसभा जस्ता कार्यक्रम गर्दै दवाव सृजना गर्ने छौ । यो कार्य कुनै राजनीतिक दलको झण्डामुनी भन्दा पनि स्वस्फूर्त रुपमा हुने छ ।’
नेपालगन्जको धम्बोझी चोकमा पूर्व राजा वीरेन्द्रको पूर्णकदको शालिक रहेकोमा २०६२/०६३ को दोस्रो जनआन्दोलनको बेलामा आन्दोलनकारीले प्रर्दशनका बेलामा भत्काएका थिए । गत भदौ १६ गते विहान साढे ९ बजे राष्ट्रबादी युवा मण्डलको नेतृत्वमा पूर्व राजा वीरेन्द्रको ढलौटको अर्धकदको शालिक पुनः स्थापना गरिएको थियो भने १७ गते विहान सवा दुई बजे स्थानीय प्रशासनको निर्देशनमा प्रहरीले सो शालिक निकालेको थियो ।

IMG_8872

प्रकाशित मिति : २०७३ भदौ १८ गते शनिबार
ताजा समाचार