औपचारिकता मै सकियो १६ दिने अभियान

२४ मंसिर २०७५, सोमबार १७:५६
 

सदरलाइन /सपना विष्ट ,
नेपालगञ्ज  : बाँकेमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन औपचारीक तथा सचेतनामुलक र्याली निकालेर समापन गरिएको छ ।
नेपालगञ्ज उप–महानगरपलिका महिला शाखाको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा अन्तिम दिन र्याली निकालेर कोणसभा गरिएको थियो ।
‘लैंगिक हिंसा र दुव्र्यवहार, हामलाई छैन स्वीकार’ भन्ने मूल नारासहित गत मंसीर ९ गतेदेखि जारी लैंङ्गीक हिंसा बिरुद्धको अभियान विविध कार्यक्रम सहित समापन गरिएको हो ।
.नेपालगञ्ज उप–महानगरपालिका महिला तथा बालबालिका शाखाको अगुवाईमा नगरमा प्रभातफेरी निकाल्नुका साथै प्रवचन, सडक नाटक प्रदर्शन गरिएको थियो ।. उपमहानगरपालिका परिसरबाट शुरु प्रभातफेरी धम्वोझीचौक, त्रिवेणीमोड, त्रिभुवन चौक, विपी चौक हुदै पुनः उपमहानगरपालिका परिसरमा पुगेर समापन भएको थियो ।
समारोहमा बोल्दै प्रदेश सभा सदस्य कृष्णा केसी (नमुना)ले सबै खाले हिंसा अन्त्यका लागि सरकार मात्र हैन, स्वयं व्यक्ति सचेत र जागृत हुन जरुरी रहेको बताईन ।
नगर प्रमुख डा धवल शम्शेर राणाले ंिहंसाबाट मुक्ति पाउन शिक्षा आर्जन अनीवार्य भएको भन्दै छोरा छोराबीचको विभेद अन्तयमा जोड दिए । कार्यक्रममा उपप्रमुख उमा थापामगर, महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाह लगायतले बोलेका थिए ।  

Next Post

न्यायिक समितिलाई क्षमता विकास तालिम

२४ मंसिर २०७५, सोमबार १७:५६
सदरलाइनडटकम, नेपालगञ्ज  : स्थानीय तहमा न्याय सम्पादनको लागि सहज पुराउने उद्देश्यले न्यायिक समितिका पदाधिकारीहरुको क्षमता विकासका लागि आयोजित तालिम नेपालगञ्जमा सम्पन्न भएको छ । दिगो विकासका लागि सामुदायिक सशक्तिकरण कार्यक्रम अन्तर्गत संस्थागत विकास सञ्जल, फेल्म नेपालको आर्थिक सहयोगमा जनजागरण समाज बाँके र वाल कल्याण संघ कैलालीले ३ दिने तालिम आयोजना […]