एमालेले बाँकेमा पाँच पालिकाको उम्मेदवार छान्यो

सदरलाइन संवाददाता ४ बैशाख २०७९, आईतवार १७:०३
 

नेपालगञ्ज : नेकपा एमाले, बाँकेले पाँच वटा पालिकाको उम्मेदवार टुंग्याएको छ । अब तीन वटा पालिकाको उम्मेदवार टुंगो लगाउन बाँकी छ ।

एमाले नेताका अनुसार नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकाको उम्मेदवार टुंगो लागिसकेको छ ।

नेपालगञ्जमा पशुपतिदयाल मिश्र, खजुरामा सुमन मल्ल, नरैनापुरमा पदमावती यादव, डुडुवामा सरोजकुमारी यादव र जानकीमा हिमांशु यादवलाई उम्मेदवार बनाइएको छ ।


कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा उम्मेदवार टुंगो लगाउन बाँकी छ । यी पालिकामा धेरै जनाले इच्छा देखाएकाले मिलेर आउन आग्रह गरिएको छ । ६ गतेसम्म मिलेर नआए प्रदेश कमिटीमा सबैको नाम पठाउने तयारी भएको छ ।

०७४ सालको चुनावमा एमालेले आठ वटामध्ये चार वटा पालिका जितेको थियो । नेपालगञ्ज उपमहानगरपालिकाको २३ वटा वडामध्ये सात वटा वडामा सर्वसम्मत भएको छ । अरूमा धेरैको नाम आएकाले छलफलका क्रममा रहेको जिल्ला सचिव रत्न खत्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेस्थित पशु हाटबजारमा व्यापारीको आकर्षण बढ्दो

४ बैशाख २०७९, आईतवार १७:०३
नेपालगञ्ज : एक दिनको कमाइले हप्ता दिन धानिने भएपछि पशु हाटबजारमा व्यापारीहरुको आकर्षण बढ्न थालेको छ । बाँकेको जानकी गाँउपालिका–३ रमवापुरका व्यापारीहरु गाउँको व्यापारको कमाइले घरखर्च चलाउन सहज भएको बताउँछन् । अन्य काम गर्दा हरेक दिन त्यत्तिकै मिहेनतका साथ काम गर्नुपर्ने र भनेकोजस्तो कमाइ नहुने तर पशु व्यापार गर्दा मनग्य […]