सदरलाइनडटकम,
नेपालगञ्ज : स्वास्थ्यका क्षेत्रमा कुनै पनि महामारी फैलन नदिने उद्देश्यले बहुक्षेत्र सहभागी दुईदिने कार्यशाला नेपालगन्जमा सम्पन्न भएको छ ।
स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी रोग तथा महामारी नियन्त्रण महाशाखा टेकुको आयोजनामा सम्पन्न सो कार्यशालामा पाँच नंम्बर प्रदेशका १२ वटै जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि, स्थानीय प्रशासन, खाद्य तथा गुण नियन्त्रण कार्यालय, नागरिक उड्यन, खानेपानी, पशुसेवा लगायत कार्यालयका प्रतिनिधि गरी ४५ जनाको सहभागीता रहेको थियो ।
दुई दिनसम्म सञ्चालन भएको सो कार्यशालामा स्वास्थ्यको क्षेत्रमा महामारी फैलन नदिनका लागि अपनाईने तौर तरिका र फैलिएमा गरिने सहकार्यका बारेमा व्यापक छलफल गरिएको स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी रोग तथा महामारी नियन्त्रण महाशाखाका भोला अधिकारीले जानकारी दिए ।
खाद्य सुरक्षा, पानीm हवाई सुरक्षा, जुनोसिस, सरुवा रोग, रासायनिक सुरक्षा, विकिरण सुरक्षा सम्बन्धी कार्यशालामा भेरी अस्पतालका बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे, स्वास्थ्य मन्त्रालय बहु समन्वय शाखाका डा. समिर अधिकारीले सहजिकरण गरेका थिए ।
