न्यायिक समितिलाई क्षमता विकास तालिम

२४ मंसिर २०७५, सोमबार १८:२३
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : स्थानीय तहमा न्याय सम्पादनको लागि सहज पुराउने उद्देश्यले न्यायिक समितिका पदाधिकारीहरुको क्षमता विकासका लागि आयोजित तालिम नेपालगञ्जमा सम्पन्न भएको छ ।
दिगो विकासका लागि सामुदायिक सशक्तिकरण कार्यक्रम अन्तर्गत संस्थागत विकास सञ्जल, फेल्म नेपालको आर्थिक सहयोगमा जनजागरण समाज बाँके र वाल कल्याण संघ कैलालीले ३ दिने तालिम आयोजना गरेको थियो ।
तालिममा बाँकेको खजुरा र जानकी गाउँपालिका तथा कैलालीको जानकी गाउँपालिकाका न्यायिक समितीका संयोजक, गाउँ कार्यपालिका सदस्य एवं समितिलाई सहयोग गर्ने कर्मचारीको सहभागिता थियो ।
तालिममा न्यायिक समितिको काम, कर्तब्य, अधिकारको बारेमा स्पष्ट हुन, फैसलामा आउने कठिनाई न्युनिकरण, न्यायिक समितीमा पर्ने उजुरीको फैसला गर्दा ध्यान दिनुपर्ने विषयहरुमा केन्द्रित रहेर संविधान तथा प्रशासनविद काँशीराज दाहालले सहजीकरण गरेको जनजागरण समाज बाँकेका कार्यकारी ब्यवस्थापक रामबहादुर पुनले जानकारी दिए । 

Next Post

बाँके–बर्दियाका किशोरीलाई ‘प्याड’ बनाउने तालिम

२४ मंसिर २०७५, सोमबार १८:२३
सदरलाइनडटकम, नेपालगञ्ज : महिनावारीलाई सुरक्षित व्यवस्थापन गर्न बाँके तथा बर्दियाका किशोरीहरुलाई प्याड निर्माण सम्बन्धि तालिम दिइएको छ । बाँके, बर्दियाका बिभिन्न गाउँपालिका, नगरपालिकाका समुदायबाट सहभागी किशोरीहरुलाई सोमवार नेपालगञ्जमा प्याड बनाउने तालिम दिइएको हो । महिनावारी सम्बन्धि अभिमुखिकरण समेत प्रदान गरिएको तालिमले भविष्यमा स्थानीयस्तरमा सस्तो मुल्यमा प्याड किन्नसक्ने अवस्था सृजना गर्न स्थानीय […]