महिला समूहमा बाख्रा उपहार कार्यक्रम प्रभावकारी बन्दै

१३ असार २०७३, सोमबार ०५:१४
 

सदरलाइनडटकम
१३ असार, नेपालगन्ज :  बाँकेलाई मासु जन्य पदार्थमा आत्म निर्भर बनाउनको लागि सञ्चालनमा ल्याईएको बाख्रा उपहार कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको छ । गृहणी महिलाहरुले समूह गठन गरि सुरु गरेको बाख्रा उपहार कार्यक्रमले उनीहरुलाई घरखर्च चलाउनमात्र नभएर उनीहरुको जीवनस्तरमा समेत परिवर्तन ल्याउन सफल भएको छ ।
बाँके महादेवपुरी– ३ खैरीकी ४२ वर्षिया विष्णु ओली ३ वर्ष अघिसम्म वर्षको १० महिना भारतमा जाने ज्याला मजदुरी गर्ने र दुई महिना घरमा बसेर खानलाई पु¥याउन मुस्किल हुने गर्दथ्यो । तर, अहिले उनको अवस्था फेरीएको छ । उनका श्रीमान कलबहादुर ओली गाउघरमै दैनिक ज्यालादारीमा काम गर्छन भने उनी दिनभरी बाख्रको स्याहार सुसारमै दिन बिताउछिन् ।
‘तीन वर्ष अघि संस्थाका सर मेडम आउदा बस्ने बास छैन बाख्रा लिएर के गर्ने भनेर एकदुई पटक पन्छिन खोजेकी थिए पछि सबैले भनेपछि सगरमाथा समूहमा बसेकोले एउटा बाख्रा मैले पनि पाए अहिले त्यो बाख्राले दिएका पाठा पाठी गरी ८ वटा गोठ मै छन् । चारवटा बेचे एक समूहलाई उपाहार दिए ।’
उनको घरबासको लागि मुस्किलले १ कठ्ठा जमिन छ । घर र बाख्रको गोठसहित वरिपरी हरियो डाले घाँस सितलचिनी, भटमासे, कोईरालो, बकाईनो, भटमासे लगायतका जातका रोपेकी छन् । उनले बाख्राको लागि घरवरीपरि नै भएको बारीकै डाले घाँस प्रयोग गर्ने कहिले काहि नपुगे नजिकैको सामुदायिक बनबाट ल्याउने गरेको बताईन ।
उनको गोठमा अहिले ५ माउ बाख्रा, ३ खसि छन् । गतवर्ष १५ हजारको दरमा ४ वटा खसि बेचेको जानकारी दिदै भनिन–‘घरमै बसेर आम्दानी भएको अनुभव भएको छ । श्रीमानले दैनिक ज्याला मजदुरी गरेको भन्दा मैले बाख्रबाटै एकै पटक राम्रो आम्दानी गर्न सफल भए ।’
विष्णु त महादेवपुरी गाविसकी एक प्रतिनिधि पात्रमात्र हुन उनी जस्ता उनको वार्डमा मात्र २३ जनाकोसगमाथा महिला बचत समूह मूल समुहको रुपमा निर्माण गरी ५ वटा अन्य उपाहार समूह त्रियाशिल रहेका छन् । सबै समुहले बाख्रा, लोकल कुखुरा, गाई, भैसी पालेर आफ्नो आम्दानी बढाउन सफल भएका छन् ।
हेफर इन्टरनेशनल नेपालको सहयोगमा महिला उपकार मञ्चले जिल्लाको महादेवपुरीमा बाख्रा उपहार कार्यक्रममा सहयोगि भूमिका निर्वाह गरेसँगै उनीहरुको जिवनस्तरमा परिवर्तन आएको हो । अहिले बाख्रा उपहार कार्यक्रमलाई अभियानकै रुपमा लगिएको सगरमाथा समूहका सदस्य गीता खड्काले बताईन । समूहमा आवद्ध सबै जनाले नै अहिले बाख्रा पालन गरेका छन् उनीहरुको घरमा बाख्राको सुधारिएको खोर र बाख्रालाई घाँस खुवाउनको लागि डुड बनाईएको छ ।
महादेवपुरी गाविसमा रहेको ३ हजार ८ सय १५ घरधुरीबाट १ सय ५५ समुह निर्माण गरी उनीहरुलाई सामान्य ४ दिनको आधारशिला तालिम दिएर बाख्रा पैचो कार्यक्रम सुरु गर्दा बाख्रा १० हजारको हाराहारीमा रहेको तर, कार्यक्रम सुरु भएपछि बाख्राको संख्या दोब्बर भएको साझेदार संस्था महिला उपकार मञ्चका कार्यक्रम संयोजक चन्द्रकला न्यौपानेले जानकारी दिईन । साना किसान उद्यमी सुदृढिकरण परियोजना अन्तरगत् बाख्रा उपहार कार्यक्रम सुरु गरिएको उनले बताईन ।
हेफर ईन्टरनेशनलका सहायक क्षेत्रीय निर्देशक दुर्गा केसीले बाँकेमा महिला उपकारमञ्च, बहुमुखि सेवा केन्द्र, वि ग्रुप, तराई दलित संस्थ र ओसिडिसी मार्फत सुधारिएको गोठ निर्माणदेखि बाख्राका लागि घासँका लागि नर्सरी सहयोग गर्ने गरेको जानकारी दिए । उनले भने–‘हामीले किसानको जीवन यापन नै परिवर्तन हुने किसिमले उनीहरुको माग अनुसारको सहयोग गर्ने गरेका छौ ।’
उनले जिल्लामा खपत हुने मासुको लागि निर्भर बनाउने उद्देश्यले बाख्रा पैचो कार्यक्रम मार्फत हेफरले विभिन्न साझेदार संस्थामार्फत सहयोग दिनुको साथै उत्पादनको उचित बजारीकरणको लागि पनि आवश्यक पर्ने सहयोग जटाईदिएको जानकारी दिए । हेफरले शनिबार मात्र बाँकेका पत्रकारहरुलाई महादेवपुरीमा सुरु बाख्रा उपहार कार्यक्रम, खसीबोका तथा बाख्रा खरिद तथा सङ्कलन केन्द्रको अनुगमन गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उ त्यही हो !

१३ असार २०७३, सोमबार ०५:१४
होलियाको पिप्रहवामा डुडुवाको तिरमा बसेर नदीले कटान गरी बगर बनेको आफ्नो जग्गा नियाल्दै होलिया –७ पिप्रहवाका ६५ वर्षिय रामगोपाल कलवार र उनका साथी । फोटो : रुद्र/सदरलाइनडटकम