२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

यौन दुराचारको आरोपमा बृद्ध पक्राउ



सदरलाइनडटकम,
धनगढी : पाँच वर्षीया किशोरीसँग यौन दुराचर गरेको आरोपमा धनगढीमा ६८ वर्षीय वृद्ध पक्राउ परेका छन् । धनगढी उप–महानगरपालिका ४ उत्तरबेहेडीकी ५ वर्षीया किशोरीसँग यौन दुराचारको आरोपमा उदयपुर गाईघाट ४ स्थायी घर भएका ६८ वर्षीय स्पन्दन राई पक्राउ परेका हुन् ।
केही समयदेखि धनगढीमा आफन्तको घरमा बस्दै आएका राईले शनिवार घरमा कोही नभएको मौका छोपी किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । बालिकाको स्वास्थ्य परीक्षण गरिएको र त्यसको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिमिल्सेनाले बताए ।

प्रकाशित मिति : २०७५ कात्तिक २५ गते आइतबार
ताजा समाचार