सदरलाइनडटकम,
कोहलपुर, (बाँके) : हृदयघातका कारण मृत्य भएका बाँके कोहलपुर नगरपालिका वडानं. ६ का वडा अध्यक्ष रामरोशन थारुलाई नेपाली काँग्रेसका केन्द्रीय नेताहरुले पार्टीको झण्डा ओडाई श्रद्धाञ्जली दिएका छन् ।
पार्टीले आईतबार नै कोहलपुरमा आयोजना गरेको नगरस्तरिय आमसभा समेत वडा अध्यक्ष थारुको मृत्यु पछि स्थागित गरि शोक सभा उनकै घरमा आयोजित गरिएको थियो । नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु शेखर कोईराला, गगन थापा, सञ्जय गौतम, अमरेश कुमार सिंह लगायतले उनलाई पार्टीको चारतारे झण्डा ओडाई श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
आईतबार बिहान साढे आठ बजे घरमै हृदयघात भई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्य भएको नेपाली काँग्रेस कोहलपुर नगर कमिटीका कोषाध्यक्ष समेत रहेका गोबिन्द पौडेलले जानकारी दिए ।
नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडानं. ६ का सभापति तथा सोही वडाबाट नगरपालिकामा वडा अध्यक्षमा निर्वाचित थारुको श्रीमती, छोरा २, छोरी २ रहेका छन् । उनको अगैयास्थित राप्ती किनारमा आईतबार नै अन्तिम सस्कार गरिएको कांग्रेस कोहलपुर नगर कोषाध्यक्ष पौडेलले जानकारी दिए ।