लागूऔषध दुव्र्यसनविरुद्ध सामूहिक हातेमालोको आवश्यक्तामा जोड

२० चैत्र २०७४, मंगलवार २०:२३
 

सदरलाइनडटकम
२० चैत, नेपालगन्ज  : लागू औषध दुव्र्यसनका विरुद्ध सामूहिक हातेमालोको आवश्यक्तामा मंगलबार नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन् । नेपालगन्ज उप–महानगरको साझेदारीमा सहारा हाउस, सामना ड्रग रिहाव सेन्टर, नवकिरण ड्रग रिहाव सेन्टर, पे्ररणा ड्रग रिहाव सेन्टरद्वारा मंगलबार संयुक्त रुपमा आयोजित एक कार्यक्रमका सहभागिले सो कुरा औल्याएका हुन ।
नेपालगन्ज उप–महानगरका उपप्रमुख उमा थापा मगरले लागू औषध दुव्र्यसनका विरुद्ध सबैको हातेमालो आवश्यक रहेको बताईन । उनले भनिन– लागू औषधको दुव्र्यशन रोक्न प्रारम्भ मै सेचततामुलक कार्यक्रमको खाँचो रहेको छ । यो एक्लैले मात्र नसकिने हुँदा सबैको हातेमाले आवश्यक छ ।’
लागु औषध दुव्र्यसनविरुद्धको कार्यक्रम अन्तर्गत सरोकारवालहरुबीचको परियोजना परिचयात्मक कार्यक्रममा बोल्दै उपप्रमुख थापामगरले यूवाहरुलाई लागु औषध दुव्र्यसनमा फस्न नदिने खालका सशक्त र प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिईन ।
उप–महानगरपालिकाको सहयोगमा परियोजना मार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछन् । लागु औषध दुव्र्यसनविरुद्धका अभियन्ता, पुर्व लागुऔषध प्रयोकर्ता, वडा अध्यक्ष, सुरक्षा अधिकृत, बालअधिकारकर्मी लगायतको सहभागिता रहेको कार्यक्रमा अधिकांसले लागू औषध विरुद्धका कार्यक्रमलाई साझा धारणा बनाई अल्पकालिन र दिर्घकालिन रणनीति अनरुप बढनुपर्ने सुझाव दिएका थिए ।
सहारा हाउसका अध्यक्ष अभीराज क्षेत्रीद्वारा सञ्चालित कार्यक्रममा परियोजना संयोजक आगमन प्रताप सिंहले परियोजनाको आगामी रणनीति, कार्यक्रमबारे अवगत गराएपछि सामुुहिक छलफल गरिएको थियो ।
कार्यक्रममा वडा अध्यक्षहरुका तर्फबाट वडा न २० का अध्यक्ष कृष्ण कार्की, वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजन गौतम, लागु औषध न्यूनीकरण कार्यक्रमका सुपरिवेक्षक रविन्द्रसिंह राठौर, बाल क्लव सञ्जालका साहिल अन्सारी लगायतले आ–आफ्नो सुझाव दिएका थिए ।  

Next Post

यसरी भयो ‘नेपालगन्ज कप’ क्रिकेट प्रतियोगिताको टिम अक्सनमा विडिङ्ग

२० चैत्र २०७४, मंगलवार २०:२३
सदरलाइन डेस्क २० चैत, नेपालगन्ज : बाँके आफैमा पनि तातो ठाँउ तर मंगलवार नेपालगन्जको माहोल अझ तात्तिएन पुग्यो । त्यसको कारण थियो आगमाी महिना आयोजना हुने ‘नेपालगन्ज कप’ क्रिकेट प्रतियोगिताको टिम अक्सनले । नेपालगन्जको सिद्र्धाथ कटेजमा मंगलवार कुन टिमले सबै भन्दा महंगो बोली पाउने र कुन टिममा सबैभन्दा बढी रकम […]