बागी उम्मेदवारको मेजमानीमा व्यस्त काँग्रेस केन्द्रीय नेता

९ मंसिर २०७५, आईतवार २०:०४
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  नेपाली कांग्रेस भित्र घात अन्तरघातको विषय सेलाउन नपाउदै बाँकेमा केन्द्रीय नेताहरु निर्वाचनमा अन्तरघात गर्ने तथा बागी उम्मेदवारको मेजमानीमा व्यस्त रहेका छन् ।
‘अन्तरघातिलाई कारवाही गरी पार्टीको संगठन सुदृढ बनाउने उद्देश्यले देश दौडाहमा निसकेका पार्टीका केन्द्रीय नेताहरु नै बागी उम्मेदवार र अन्तरघातिको घरघरमा मेजमानी गर्दै हिड्नुले पार्टीका वफादार कार्यकर्ताहरुको मनोवल खस्केको छ’– नेपाली काँग्रेस निकट स्रोतले भन्यो ।
स्थानीय, संघिय र प्रदेश सभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध लागेर पार्टीलाई नराम्रो तरिकाले पराजय गराउन सक्रिय भुमिका खेल्नेलाई प्रोत्साहन गर्दै हिड्दा पार्टीको संगठन सुदृढ हुन्छ भन्ने सोचले पार्टीलाई कमजोर बनाउने खेल भएको स्रोतले जनायो ।
२०७४ सालको निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारबिरुद्ध बाँके निर्वाचन क्षेत्र नं. ३ ख मा बागी उम्मेदवारी दिएका जाकिर खाँले आयोजना गरेको रात्री भोजमा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु डा शेखर कोईराला, बर्दिया सभापति तथा सांसद सञ्जय गौतम, अमरेश कुमार सिंह, महासमिति सदस्य तथा बाँके निर्बाचन क्षेत्र नं.२ क का उम्मेदवार निरञ्जन सिंह सिजापती, छब्बन खाँलगायतको जिल्ला नेतृत्वसमेतको सहभागिता रहेको थियो ।
नेपाली काँग्रेस पार्टीको सुदृढ बनाउदै पार्टीको संगठन मजबुत बनाउने ध्यय बोकेर देश दौडाहमा निस्केका केन्द्रीय नेताहरु जिल्लामा आएर बागी र अन्तरघातिलाई भेट्दै उनीहरु कै मेजमानीमा व्यस्थ रहदा पार्टी प्रति बफादार नेता कार्यकर्ताले कुन अर्थमा लिने काँग्रेस निकट स्रोतले प्रति प्रश्न गर्यो ।
पार्टी नेताहरुको टोलीले जिल्लामा पार्टीका अधिकारिक भन्दा अन्य पार्टीका उम्मेदवारलाई सहयोग गरेको भन्दै आरोप लागेका नेताहरुलाई मात्र भेट्नु र उनीहरुलाई प्राथामिकता दिनु अनौठो मानिएको छ । जिल्लामा रामचन्द्र मौर्य, छब्बन खाँ, महेन्द्र मल्ल, जाकिर खाँ लगायतलाई पार्टीको आधिकारीक उम्मेदवारलाई सहयोग नगरेको पार्टी भित्र आरोप छ ।  

Next Post

झापास्थित एक घरमा आगो लाग्दा परिवारै सखाप

९ मंसिर २०७५, आईतवार २०:०४
सदरलाइनडटकम, झापा : झापाको शिवसताक्षी नगरपालिका–७ लालपानीमा आगलागी हुँदा परिवारका सबै सदस्यको मृत्यु भएको छ । आइतवार राती १० बजे भएको आगलागीमा ३४ वर्षीय लक्ष्मण खनालसहित उनका परिवारका चार जनाको मृत्यु भएको हो । उनकी २८ वर्षीया श्रीमती राधिका, चार वर्षीया छोरी सुप्रिया र चार महिनाका छोरा टीकारामको जलेर मृत्यु भएको […]