दादुराको महामारी फैलिएपछि नेपालगञ्जमा शुक्रवारदेखि खोप लगाउन शुरु

सदरलाइन संवाददाता २२ पुष २०७९, शुक्रबार १३:२२
 

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा दादुराको महामारी फैलिएपछि शुक्रवारदेखि खोप अभियान थालिएको छ । केही दिन यता समुदायस्तरमै दादुरा प्रभावित बालबालिकाको संख्या उल्लेख्य देखिएपछि आजदेखि खोप लगाउन शुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए ।

वडा नम्बर ५, ७ र ८ मा खोप लगाउन शुरु गरिएको चन्दले जानकारी दिए । यी वडाहरुमा दादुरा प्रभावित बालबालिका बढी भेटिएका छन् । वडा नम्बर ५, ७ र ८ स्थित सहरी स्वास्थ्य क्लिनिक र वडा नम्बर ८ स्थित आइडियल स्कुलमा खोप केन्द्र सञ्चालन गरिएको छ । यी वडाका करिब ४५ सय बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।


दादुरा देखिएका वडाहरु ५, ७, ८, ९, १०, ११, १४, १५, २२ मा तत्काल खोप अभियान चलाइँदैछ । अभियान सबै वडामा पु¥याउने तयारी रहेको चन्दले जानकारी दिए । नेपालगञ्जमा ५ वर्षमाथिका बालबालिकामा प्रकोप देखिएकाले ९ महिनादेखि १५ वर्ष उमेरका बालबालिकामा खोप लगाइँदैछ ।

नेपालगञ्ज उपमहानगरपालिकाले दादुरा देखिएका बालबालिकालाई घरमै छुट्टै राखेर उपचार गर्ने र गम्भीर बिरामी भएकालाई अस्पताल लैजाने व्यवस्था मिलाएको चन्दले बताए । दादुराले नेपालगञ्जमा एक बालकको मृत्यु भइसकेको छ भने २९ जना बढी बिरामी फेला परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जमुनाहा नाकामा फेरि कोभिड संक्रमण पुष्टि

२२ पुष २०७९, शुक्रबार १३:२२
नेपालगञ्ज : नेपालगञ्जस्थित जमुनाहा नाकामा शुक्रवार फेरि एक जनामा कोभिड संक्रमण पुष्टि भएको छ । जमुनाहा नाकामा आज कोभिड जाँच गर्दा बर्दियाका २७ वर्षीय पुरुषमा कोभिड पुष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । गत असोज १ गतेपछि बाँकेमा पहिलोपटक गत पुस १४ […]