बाँकेको नरैनापुर गाउँपालिकामा खाद्य संकट शुरु

यदुराज मिश्र २ कार्तिक २०७९, बुधबार १४:५१
 

नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा खाद्य संकट शुरु भएको छ । खाद्य संकट शुरु भएसँगै अधिकांश स्थानीय चिन्तित भएका छन् । बर्षेनि करिब ६० क्विन्टल धान उत्पादन गर्ने नरैनापुर ४ का इसराफिल खानको घरमा अहिले एक किलो पनि धान छैन । ६० क्विन्टल धान मध्ये परिवारका लागि खान पुग्ने राखेर बाँकी सबै बिक्री गर्दै आएका उनले यस वर्ष के खाने भन्ने चिन्ताले सताउन शुरु गरेको बताए ।

यसैगरी नरैनापुर–४ का सरिफ खानको खेतमा पनि अहिले कुनै बाली छैन । धान उत्पादन शून्य भएपछि अहिले खानको परिवारमा खाद्य संकट शुरु भएको छ । घरमा खाने चामल नभएर समस्या भइरहेको उनले बताए ।


खान जस्तै नरैनापुरका जलिल मनिहारको पनि खेत यो वर्ष समयमा वर्षा नहुँदा बाँझै बन्यो । उनले बोरिङको पानीले थोरै रोपाइँ गर्नुभयो तर, बेमौसमको भीषण वर्षाले सबै सखाप पार्यो । मनिहारको प्रमुख आर्थिक स्रोत नै खेती भए पनि धान एक दाना नहुँदा अहिले उनको परिवारमा पनि खाद्य संकट शुरु भइसकेको छ ।

लगातार दुई वर्ष उत्पादन नहुँदा खाद्य सङ्कटको सामना गर्नुपर्ने बाध्यता सो क्षेत्रका अधिकांश बासिन्दालाई आइपरेको छ । बाँकेको दुर्गम भनेर चिनिने नरैनापुरमा यो वर्ष ९५ प्रतिशत खेतीयोग्य जमिन बाँझै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचन आयोगद्वारा नेपालगञ्जमा मिडिया अभिमुखीकरण

२ कार्तिक २०७९, बुधबार १४:५१
नेपालगञ्ज : निर्वाचन आयोग नेपालले बिहीवार नेपालगञ्जमा मिडिया अभिमुखीकरण कार्यक्रम गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९, प्रदेशस्तर मिडिया अभिमुखीकरण कार्यक्रम गरिएको हो । अभिमुखीकरण कार्यक्रममा निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले आचारसंहिताको उल्लंघनमा मिडियालाई ’वाच डग’ को भूमिका निभाउन आग्रह गरिन् । उनले विगतका निर्वाचन जस्तै यसपटक […]