सदरलाइनडटकम,
बर्दिया : बर्दियामा एक किशोरी बलात्कृत भएकी छन् । बढैयाताल गाउपालिका– ८ की ११ वर्षीया किशोरी बाख्रा चराउन जंगल गएको बेला बलात्कृत भएकी हुन् ।
उनलाई भैंसी चराउन जंगल आएका दुई जना भारतीयले बलात्कार गरेको प्रहरी उपरीक्षक मोहनप्रसाद मैनालीले बताए । बलात्कार गर्नेहरुलाई एक घण्टाभित्रै पक्राउ गरिएको उनले जानकारी दिए ।
बलात्कारमा संलग्न व्यक्तिहरु १८ वर्ष मुनिका भएकाले उनीहरुको परिचय प्रहरीले गोप्य राखेको छ । पक्राउ परेकाहरु १६–१७ वर्षको रहेको र उनीहरुले बलात्कार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि आवश्यक कारबाही अगाडि बढाइएको भन्दै प्रहरी उपरीक्षक मैनालीले पीडित बालिकाको स्वास्थ्य परीक्षण गराएको र उनको अवस्था खतरामुक्त रहेको बताए ।


