Sadarline
२०८३ असोज २८ , बुधबार

अवैधरुपमा भित्र्याइएको सामान सशस्त्र प्रहरीद्वारा बरामद



सदरलाइनडटकम,
नेपालगञ्ज : भन्सार छलि अवैधरुपमा नेपाल भित्र्याइएको करीब २५ हजार मूल्य बराबरको लत्ताकपडालगायत किरानाको सामान सशस्त्र प्रहरीले सोमवार बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर (राजश्व तथा भन्सार गस्ती सुरक्षा) बाँके नं. ४० गुल्मबाट सशस्त्र प्रहरी सहायक निरीक्षक नरेन्द्र हमालको नेतृत्वमा गएको टोलीले नेपालगञ्ज १५ टंकपसरी गाउँबाट उक्त सामान बरामद गरेको हो ।
बरामद गरिएको अवैध सामान आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाईएको बाँके नं. ४० गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक निरंकारनाथ शुक्लले बताए ।

प्रकाशित मिति : २०७५ कात्तिक १९ गते सोमबार
ताजा समाचार