सिन्धुपाल्चोकमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, २४ घाइते

५ कार्तिक २०७५, सोमबार १६:११
 

सदरलाइनडटकम,
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २४ जना घाईते भएका छन् । जुगल गाउँपालिका याङ्लाकोटबाट जलबिरे हुँदै बाह्रबिसे गइरहेको मिनी ट्रक सोमवार भैंसेमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा बाराको जितपुर उपमहानगरपालिकाका ५३ वर्षीय लुते तामाङ्गको मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्र गतिमा गुडिरहेको बा ४ ख ९०१७ नम्बरको मिनी ट्रक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ भैंसेको मोडमा घुमाउन खोज्दा अनियन्त्रित भई सडकमै पल्टिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरुमध्ये गम्भीर ९ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्यलाई खाडीचौर लगिएको छ । दुर्घटनालगत्तै चालक फरार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बताएको छ । सामान अनलोड गरी फर्किएको मिनी ट्रकमा याङलाकोट तथा जलबिरेबाट दशैंका बेला आफन्त भेटघाटमा आएका र फर्किएका यात्रु सवार थिए ।

Next Post

धनगढीको शपिङ कम्पलेक्समा भीषण आगलागी

५ कार्तिक २०७५, सोमबार १६:११
सदरलाइनडटकम, कैलाली : धनगढीस्थित शपिङ कम्पलेक्समा भीषण आगलागी भएको छ । धनगढीको मुख्य बजारमा रहेको लक्ष्मी इन्टरप्राइजेजमा आगलागी भएको हो । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ । दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।