सदरलाइनडटकम,
कैलाली : धनगढीस्थित शपिङ कम्पलेक्समा भीषण आगलागी भएको छ । धनगढीको मुख्य बजारमा रहेको लक्ष्मी इन्टरप्राइजेजमा आगलागी भएको हो । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
