ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा थाईराईड सप्ताह, जाँचमा पचास प्रतिशत छुट

११ जेष्ठ २०७५, शुक्रबार १०:५३
 

सदरलाइनडटकम
११ जेठ, काठमाण्डौ  : ग्राण्डी अन्तराष्ट्रिय अस्पताल धापासी काठमाण्डौमा शुक्रबार (आज) देखि अन्तराष्ट्रिय थाईराइर्ड सचेतना सप्ताहको अवसरमा विशेष प्याकेजका कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
२५ मे देखि ३० मे सम्म ६ दिन मनाइने सो सचेतना कार्यक्रमका लागि ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले थाईराईड सम्बन्धी कन्सल्टेशन तथा टिएसएच जाँचमा ५० प्रतिशत छुटको ब्यवस्था गरेको छ ।
अस्वभाविक रुपमा तौल बढेको छ, छिटो थाकेको अनुभव गर्ने, छिन– छिनमा मुड परिवर्तन हुन्छ, वर्षौको प्रयासपछि पनि गर्भधारण गर्न सकिएको छैन वा गर्भ खेर गइरहेको छ, गलगाँड आएको छ वा घाँटिमा गिर्खा अनुभव भएको छ, स्मरण क्षमतामा ह्रास आएको छ, कपाल झर्ने र छाला फुस्रो भएको छ, महिनाबारी गडबड भएको छ, अनावश्यक तनाव हुने गरेको लगायतका लक्षणहरु महशुस भएको छ भने थाईराईडको भएको हुन सक्ने भएकोले यस्ता समस्या लिएर आउने जो सुकै विरामीले छुट लिन सक्ने अस्पतालले जनाएको छ ।
विश्वमा तीब्र गतिमा बढिरहेको थाईराईडको समस्या भएकामध्ये करिब ६० प्रतिशतलाई मानिसहरुलाई यसबारे जानकारी हुँदैन । नेपालमा यस रोगको आधिकारीक तथ्यांक उपलब्ध नभए पनि १० देखि १२ प्रतिशत नेपालीलाई यो रोग लागेको अनुमान छ ।
थाईराईडको समयमै पहिचान गरी उपचार गरेमा यसले कुनै नकारात्मक असर पार्दैन । वर्षमा कम्तीमा दुईपटक थाईराईड परीक्षण गर्नु उपयुक्त हुने अस्पतालले जनाएको छ ।

Next Post

हावाहुरी र असिनाले बर्दियाको बेलुवा कृषि फर्ममा ३० लाखबढीको क्षति

११ जेष्ठ २०७५, शुक्रबार १०:५३
सदरलाइनडटकम ११ जेठ, नेपालगन्ज  : केही दिन अघिको हावाहुरी र असिनाले बर्दियाको बाँसगढी नगरपालिका–२ बेलुवा बनमुडुवामा रहेको बेलुवा बहुउद्देशीय कृषि फार्म प्रालिको करिव ४ हजार ५ सय बर्गमिटरको ग्रीन नेट हाउस ध्वस्त पारेको छ । सो कृषि फर्मका सञ्चालक लक्ष्मीराज अधिकारीले गत बैशाख २१ गते आएको हावाहुरी सहितको असिना पानीले […]