सदरलाइनडटकम,
नेपालगञ्ज : लैंङिक हिंसा विरुद्धको अभियान कै बेलामा बाँकेमा सरकारी सवारी साधनको दुरुपयोग गरी महिलामाथि दुव्र्यहारको प्रयास भएको छ ।
बाँके प्रहरीका अनुसार मंगलबार राती करिव पौने १० बजे राँझा नजिकै भे १ ब १६१९ नंम्बरको सरकारी मोटरसाईकलमा सवार खर्पुनाथ– ५ का दिपक शाही, लोकजंग भण्डारी र बिर्ख सुनारले दुब्र्यहारको प्रयास गरेका हुन ।
नेपालगन्जमा रहेको पसल बन्द गरेर घर जाँदै गरेको अवस्थामा राँझामा रहेको पशुपति बोडिङ्ग स्कुल नजिकैदेखि एउटै मोटरसाईकलमा सवार रहेका तीन जनाले पछाउदै दुब्र्यहारको प्रयास भएको पीडितले बताईन ।
मदिराको नशामा रहेका उनीहरुले प्रयोग गरेको सो मोटरसाईकल सडक विभागको रहेको र शाही सडक विभागका कर्मचारी भएको प्रहरीले जनाएको छ ।
घटनको जानकारी पाउने वित्तिकै प्रहरीले उनीहरु तीनै जनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सह–प्रवक्ता प्रहरी निरिषक दिपक मल्लले जानकारी दिए ।