अठोटले मूर्तिकार बनायो : पुन

सदरलाइन संवाददाता १८ फाल्गुन २०८०, शुक्रबार १७:४७
 

नेपालगञ्ज : मूर्तिकार महेन्द्र पुन मगरलाई मूर्ति बनाउन भ्याइनभ्याई छ । २८ बर्षीय मगरले दुई बर्षमा बाबु गुमाए । आफु बुझ्ने भएपछि उनले बुवाको मुर्ति बनाउने सोँच बनाए ।

बुवाको नागरिकताको प्रमाणपत्रमा रहेको फोटोको आधारमा मूर्ति बनाउने प्रयास गरे । तर पहिलो पटक बनाएको मूर्तिबारे उनलाई आफै चित्त बुझेन । तर यही अठोटले उनलाई अहिले देशकै सफल मूर्तिकारको रुपमा चिनाएको छ ।

मगरले भने, ‘सानोमा छँदा मूर्ति देखेपछि चिमोठे, बोलेन । ठुलीआमाले मूर्ति हो भनेपछि मलाई पनि बुवाको मूर्ति बनाउन मन लाग्यो ।’ उनले हालसम्म करिब दुईसय विभिन्न मूर्ति निर्माण गरिसकेको बताए ।


गाउँघरमा भगवानका मूर्ति बनाउने उनी मूर्तिकार बन्ने भन्दै प्रवेशिका परीक्षा उत्तिर्ण गरेपछि काठमाडौं पुग्नुभयो । डडेल्धुरा आलितालस्थित घरबाट भागेर हिँडेका उनले खाने र बस्ने केही ब्यवस्था नभए पनि मूर्तिकार बन्छु भनेर राजधानी छिरेको बताए ।

त्यसपछि उनी काम गर्दै पढ्दै गरेर मूर्तिकलाको औपचारिक शिक्षा लिए । मूर्तिकार शिरोमणी मगरले डडेल्धुरामा परशुराम धाममा एक करोड पाँच लाख रुपैयाँको लागतमा एउटै मूर्ति तयार गरेका छन् । पहिलो मूर्ति तयार गरेबापत ३५ हजार पारिश्रमिक लिएको उनले बताए ।

मूर्ति बनाउनु आफ्नो रहर भएको बताउने उनले पछिल्लो समय यसबाट नाम र दाम कमाउन सफल भएको बताए । मूर्ति बनाएर आयोजकको अनुरोधमा मूर्ति स्थापना हुने स्थानमा आफै मूर्ति लिएर त्यसलाई स्थापनाका लागि समेत उनले सहयोग गर्दै आएको चर्चा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सहकारीका लागि नेतृत्व विकास कार्यशाला सम्पन्न

१८ फाल्गुन २०८०, शुक्रबार १७:४७
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको नियमन क्षेत्रभित्रका सहकारीका लागि सहकारी नेतृत्व तथा व्यवस्थापन विकास सम्बन्धि तीन दिने कार्यशाला सम्पन्न भएको छ । सहकारी संस्थाका व्यवस्थापक तथा सञ्चालकका लागि कार्यशाला आयोजना गरिएको हो । तीन दिने कार्यशालाको समापन नेपालगञ्ज उपमहानगरपालिकाका आर्थिक विकास समिति संयोजक गोपाल पुनले गरे । त्यसक्रममा बोल्दै समिति संयोजक […]