कोरोनाबाट बाँकेमा ८ जनाको ज्यान गयो

सदरलाइन संवाददाता ८ जेष्ठ २०७८, शनिबार ११:१३
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ४ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेका ३ जना, दाङका २ जना तथा बर्दिया, कैलाली र कंचनपुरका १/१ जना छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत कोहलपुर १० की ४४ वर्षीया महिला, तुलसीपुर १० दाङका ५२ वर्षीय पुरुष, नेपालगञ्ज ६ का ५० वर्षीय पुरुष र मधुवन ७ बर्दियाका ५७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर ६ बाँकेकी ५२ वर्षीया महिला, भिमदत्त २ कंचनपुरका ५४ वर्षीय पुरुष, जोशीपुर १ कैलालीका ५० वर्षीय पुरुष र लमही २ दाङकी ६८ वर्षीया महिलाको मृत्यु भएको छ ।

योसंगै कोरोनाबाट बाँकेका २७२ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका २२७ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा फरार अभियुक्त पक्राउ

८ जेष्ठ २०७८, शनिबार ११:१३
नेपालगञ्ज : बाँके प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न भइ अदालतबाट ५ महिना कैद सजाय पाएर फरार रहेका एक प्रतिवादी पक्राउ गरेको जनाएको छ । बाँके जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा २०७७ पुस १ गतेको फैसलाले ५ महिना कैद सजाय तोकिएका र हालसम्म फरार रहेका बाँकेको नेपालगञ्ज […]