सदरलाइनडटकम,
नेपालगञ्ज : चाडपर्वलाई लक्षित गर्दै यात्रु आवागमनमा सहजता पुर्याउने उद्देश्यले नेपालगञ्ज बसपार्कमा आइतवारदेखि यात्रु सहायता डेस्क सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले सञ्चालन गरेको डेस्कको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उदघाटन गरे ।
बाँके प्रहरी उपरीक्षक अरुण पौडेल, सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहलगायतको उपस्थितीमा यात्रु सहायता डेस्कको उदघाटन गरिएको प्रहरी निरीक्षक नारायण डाँगीले बताए ।
