यस्ता छन् बट्टाई र यसको अण्डाका चमत्कारिक फाइदा

सदरलाइन संवाददाता २७ कार्तिक २०७८, शनिबार १६:२५
 

नेपालगञ्ज : पछिल्लो समयमा नेपालमा बट्टाई पालन व्यावसायिक रुपले निकै फस्टाएको छ । बट्टाईको अन्डा र मासुलाई पौष्टिक खाद्य पदार्थ मानिन्छ । यसको मासुभन्दा पनि अन्डा निकै स्वास्थ्यबर्धक हुने विज्ञहरुको भनाइ छ । बट्टाईको अन्डा स्वास्थ्यका हिसाबले बच्चादेखि वृद्धसम्मलाई फाइदाजनक मानिन्छ ।

नेपालमा पाँच प्रजातिका बट्टाई पाइन्छन् । तीमध्ये ‘कमन क्वेल’ बट्टाई पाल्ने सोख र अन्डा वा मासु खाने कार्यमा प्रयोग हुन्छ । आजभोलि यसको अन्डा र मासुको व्यापार बढ्दै छ । बट्टाईलाई कागुनोको दाना खुवाइन्छ । अन्डामा भिटामिन ए, डी, बी तथा बी १२, लुटिन तथा जिएजेनथिन लगायतका तत्व पाइन्छ ।

यी तत्व आँखाका लागि निकै फाइदाजनक मानिन्छ । बजारमा पाइने बट्टाईको अन्डामा अन्य पक्षीको अन्डामा भन्दा धेरै पौष्टिक आहार पाइने गरेको छ । संसारभर नै अण्डा खाने प्रचलन रहेको छ । विभिन्न पक्षीहरुको अण्डालाई उसिनेर वा विभिन्न परिकार बनाएर खाने गरिएको छ ।

बट्टाईको अण्डामा पोषण तत्व एकदमै बढि हुन्छ । बट्टाईको अण्डामा भिटामिन ए, बी, डी र बी १२, लुटिन तथा जिएजेनथीन अधिकमात्रामा हुन्छ । यी भिटामिन आँखाका लागि एकदमै लाभदायक मानिन्छ । बट्टाईको अण्डा खाँदा दम, निमोनिया, रुखाखोकी र ग्याष्ट्रिक नियन्त्रण गर्न सकिने विज्ञहरु बताउँछन् । बट्टाईको अण्डा सुगर र ब्लड प्रेशरका लागि रोगीका लागि पनि फाइदाजनक हुन्छ ।


शरिरमा रहेको अनावश्यक टक्सिन निकाल्न पनि बट्टाईको अण्डा लाभदायक रहेको छ । बट्टाइको अण्डाले मृगौला, कलेजो र गलब्लाडर स्वस्थ राख्न मद्दत गर्छ । हड्डी मजवुत बनाउन, छालालाई एलर्जीबाट बचाउँन, रगत शुद्धिकरण र हेमोग्लोविनको मात्रा बढाउन पनि बट्टाईको अण्डा सेवन गर्नु फाइदाजनक छ । बालबालिकाको शारिरिक वृद्धिमा, स्मरण शक्ति बढाउन, रोगविरुद्ध लड्न सक्ने क्षमताको विकास गर्न र चोटपटक चाँडो निको पार्न पनि बट्टाईको अण्डा खानु फाइदाजनक हुन्छ ।

बट्टाईको अन्डा कसरी खाने ? साधारणतयाः बट्टाईको अन्डा काँचो खाँदा राम्रो मानिछ, किनकी यसमा जति पोस्टिक तत्व काँचोमा हुन्छ, त्यति पाकेकोमा हुँदैन । काँचो अन्डा खाँदा खासै स्वाद नहुने हुँदा सुन्तला, आँप या भुइँकटहरको जुसमा फिटेर खाँदा राम्रो मानिन्छ तर अन्डा भने ताजा हुन जरुरी छ ।

बट्टाईको अन्डामा कुखुराको भन्दा चार गुणा ज्यादा प्रोटिन हुने हुँदा यसका विभिन्न परिकार बनाएर खान सकिन्छ । बट्टाईको अन्डाबाट विभिन्न सुप, सलाद, मेन कोर्स र क्यानपी, स्टुहरु बनाउन सकिन्छ । यसलाई उसिनेर बिहानको खाजाको रुपमा पनि लिन सकिन्छ । यसलाई अम्लेट या पोच गरेर पनि सहज रुपमा खान सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा काँग्रेसको वडा अधिवेशनमा ६० प्रतिशत सर्वसम्मत

२७ कार्तिक २०७८, शनिबार १६:२५
नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेको १४ औं महाधिवेशन अन्तर्गतको कार्यक्रम अनुसार वडा अधिवेशनमा करिव ६० प्रतिशत वडामा सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन कार्यक्रम अनुसार शनिबार बाँकेका ८१ वटै वडामा सुरु भएको मध्ये करिव ६० प्रतिशत वडामा सर्बसम्मत भएको प्रमुख निर्वाचन अधिकृत रेवती रमण भट्टराइले जानकारी दिए । […]