विरामीको मृत्युपछि कोहलपुर मेडिकल कलेजमा तनाव

सदरलाइन संवाददाता १९ कार्तिक २०७९, शनिबार १३:५३
 

नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा अहिले तनाव उत्पन्न भएको छ । शुक्रबार राती कोहलपुर नगरपालिका १ कोशिलानगर वर्ष ३२ की पासाङ सेर्पाको डाक्टरहरुको लापरवाहीका कारणले गर्दा मृत्यु भएको भन्दै आफ्न्तहरुले आन्दोलन गर्दा तनाव उत्पन्न भएको हो ।

शुक्रबार बिहान १० वजे अस्पतालमा सामान्य हिँड्दै आएकी उनको अप्रेशन गर्दा मुत्यु भएपछि आफ्न्तहरुले अहिले तनावग्रस्त गरेका हुन् । तीन दर्जन भन्दा बढि प्रहरी परिचालन गरेको छ भने लठ्ठी चार्ज समेत गरेको छ ।


मृतका आफ्न्त अशोक परियारले हामीलाई न्याय चाहिएको हो प्रहरीले दमन होइन । अप्रेशन गर्दा पहिले राम्रो छ थियो, एक्कासी फेरी अवस्था गम्भिर भयो भन्दै रगत माग्यो । हामीले ९ पोका रगत समेत उपलब्ध गरायौं परियारले भने ।

अहिले ३ जना भन्दा बढिलाई प्रहरीले लाठ्ठी चार्ज गरिसकेको छ त्यसको विरुद्धमा थप आन्दोलन हुने उनको चेतावनी दिएका छन् । अहिले आफ्न्तहरुले अस्पताल प्रशासनको विरुद्ध नाराबाजी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गठबन्धनका उम्मेदवारलाई जिताउन पुर्वजनमुक्ति सेना प्रतिवद्ध

१९ कार्तिक २०७९, शनिबार १३:५३
नेपालगञ्ज : पुर्व जनमुक्ती सेनाका प्रतिनिधिहरुले पाँच दलिय बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउने बताएका छन । शनिबार बिहान पुर्व जनमुक्ति सेनाका प्रतिनिधि तथा उम्मेदवारबिच कोहलपुरमा भएको भेटघाट तथा छलफलमा उनिहरुले बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउने प्रतिवद्धता जनाएका हुन । आफुहरुको त्याग र बलिदानबाट प्राप्त ब्यवस्था र संविधानको रक्षार्थ पाँच दलिय गठबन्धनले […]