बाँकेमा बिहीवार ८ संक्रमित थपिए

सदरलाइन संवाददाता २ भाद्र २०७९, बिहीबार १४:०२
 

नेपालगञ्ज : बाँकेमा बिहीवार थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ७ र राप्तीसोनारी गाउँपालिकामा १ गरी ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये २ जना भने जिल्ला बाहिरका हुन् । बिहीवार संक्रमण पुष्टि भएकासहित बाँकेमा हालसम्म कोरोनबाट २१ हजार ३०५ जना व्यक्ति संक्रमित भइसकेका छन् ।


यस्तै थप ८ जना निको भएका छन् । योसहित निको हुनेको संख्या २० हजार ८६० पुगेको वलीले बताए । जिल्लामा सक्रिय संक्रमितको संख्या ९२ पुगेको छ । ६ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ भने ८६ जना होमआइसोलेसनमा बसिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्ती नदीमा डुंगा पल्टियो, २५ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर

२ भाद्र २०७९, बिहीबार १४:०२
दाङ : दाङमा विद्यालय जान डुंगामा राप्ती नदी तरिरहेका विद्यार्थी सवार सानो डुंगा दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएका छन् । लमही नगरपालिका–९ बाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका–७ स्थित मावि सिक्टामा अध्यनका लागि जान खोजेका विद्यार्थी दुर्घटनामा परेका हुन् । जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार […]