अपाङता भएकी महिलालाई बलात्कार गर्ने पक्राउ

सदरलाइन संवाददाता २९ माघ २०८०, सोमबार १७:४६
 

नेपालगञ्ज : शारीरिक अपाङता भएकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कोहलपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कैलाली गोदावरी नगरपालिका वडा नं. ५ गेटा नहरटोल बस्ने ३९ वर्षीय गोबिन्द प्रसाद बोहोरालाई इलाका प्रहरी कार्यालय कोहलपुरले काठमाण्डौबाट पक्राउ गरेको हो ।

पीडित महिलाको अनुहारमा भएको दागको समस्या हटाउने औषधी आफुसँग भएकोले पूर्णरुपमा निको हुने र बिहे समेत गर्ने प्रलोभनामा पारी पटक–पटक जबरजस्ती करणी गर्ने बोहोरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।


पीडित महिलालाई बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ मनकामना चोकस्थित डेरा गरी पटक–पटक जबरजस्ती करणी गर्ने गरेको र उक्त कुरा कोही कसैलाई भनेमा झारफुक गरी भस्म गराइ दिने भनी डरत्रास समेत देखाउने बोहोरा घटना पश्चात् फरार रहेका थिए ।

पीडितको जाहेरीले आरोपित बोहोरालाई खोज तलासका लागि खटिएको प्रहरी टोलीले प्रहरी बृत्त स्वयम्भुको सहयोगमा पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया आगाडी बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा भएको क्रिकेटमा सुदूरपश्चिम र गण्डकी विजयी

२९ माघ २०८०, सोमबार १७:४६
नेपालगञ्ज : बाँकेको कोहलपुरमा सञ्चालन भइरहेको सुशील कोइराला मेमोरियल यु–१९ महिला क्रिकेट राष्टिय प्रतियोगिता अन्तर्गत सोमवार सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन् । सुदूरपश्चिमले बागमतीलाई तथा गण्डकीले लुम्बिनी प्रदेशलाई पराजित गरेको हो । पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो भने […]