शिक्षक संघ बाँकेको अध्यक्षमा शर्मा निर्वाचित

सदरलाइन संवाददाता ५ चैत्र २०७९, आईतवार १३:००
 

नेपालगञ्ज : नेपाल शिक्षक संघ बाँकेको अध्यक्षमा ऋषिराज शर्मा निर्वाचित भएका छन् । संघको नयाँ कार्यसमिति चयन गर्न भएको निर्वाचनबाट शर्मा ६ सय ७९ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्धन्द्धी शेखरबहादुर रावतलाई दोब्बर बढी मतले पराजित गरे ।

निर्वाचन समितिका सदस्य एवम् अधिवक्ता चित्रबहादुर शाहीले दिएको जानकारी अनुसार रावतले २ सय ८२ मत पाएका छन् । शिक्षक संघ बाँकेमा रावत यसअघि उपाध्यक्ष र शर्मा सचिवको जिम्मेवारीमा थिए । संघको सचिवमा चन्द्रबहादुर ऐरी निर्वाचित भएका छन् ।

उनले ५ सय ७६ मत प्राप्त गरे । उनका प्रतिद्वन्दी हरिप्रसाद अधिकारीले ३ सय ७६ मत प्राप्त गरेका छन् । यसैगरी सह–सचिवमा रमेशकुमार बिसी ४ सय १६ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी प्रदिपकुमार खत्रीले ३ सय २३ र गोविन्दराज पौडेलले २ सय १७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।


संघ बाँकेमा १ हजार २ सय ५७ मतदाता रहेकोमा ९ सय ९० मत खसेको थियो । संघको उपाध्यक्ष (खुल्ला) मा मनोजराजा श्रीवास्तव, महिला उपाध्यक्षमा तारा थापा, सचिव (अर्थ) मा पुस्करराज खड्का, सहसचिव (महिला) मा शोभा मल्ल, सहसचिव (अर्थ महिला) मा यशोदा शाह, सहसचिव (समावेशी)मा पवनेश्वर पण्डित, सहसचिव(समावेशी) मा मोहन चौधरी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

यस्तै सदस्यहरुमा गिता पौडेल, गिता क्षेत्री, सन्ध्या गुप्ता, भुलप्रसाद अधिकारी, महारुप जैसी, राजन कँडेल, बिरेन्द्र कुमार पाण्डे निर्विरोध भएका छन् । त्यस्तै प्रदेश अधिबेशन प्रतिनिधिमा ऋचा लक्ष्मी श्रेष्ठ, निर्मला राणा, नबराज ढकाल, नारायण कुमार लामिछाने, बद्रीनाथ सापकोटा, बिक्रम प्रसाद बर्मा तथा संघिय महाधिवेशन प्रतिनिधीमा मिना चन्द, यशोदा उपाध्याय, छत्रप्रसाद रेग्मी, पवन कुमार यादव र बीरेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जसपाकी केन्द्रिय सदस्य सन्ध्या देव जनमत पार्टीमा प्रवेश

५ चैत्र २०७९, आईतवार १३:००
नेपालगञ्ज : संविधान सभा सदस्य एवं जसपाका केन्द्रिय सदस्य सन्ध्या देव जनमत पार्टीमा प्रवेश गरेकी छन् । खानेपानी मन्त्री अब्दुल खानले शनिबार एक कार्यक्रममा सन्ध्या देवलाई पार्टीमा प्रवेश गराए । नेपाली काँग्रेस, फोरम हुँदै सबैजसो मधेसी आवद्ध भइसकेकी सन्ध्या देव पछिल्लो समयमा जसपाको केन्द्रिय सदस्य थिइन् । तराईमा प्रभाव जमाउँदै […]