नेपालगञ्जमा शिवशिखर सहकारीको एटिएम सेवा सञ्चालनमा

सदरलाइन संवाददाता ११ माघ २०७८, मंगलवार १८:०५
 


नेपालगञ्ज :  नेपालगञ्जको न्युरोडमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले एटिएम सेवा सञ्चालनमा ल्याएको छ । आफ्ना सदस्यलाई प्रविधिमैत्री बनाउने र सरल सहज रुपमा वित्तिय सेवा उपलब्ध गराउने उदेश्यले सहकारीले एटिएम सेवा सञ्चालनमा ल्याएको दाबी गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत लिलानाथ गौतमका अनुसार आफना सेवा केन्द्र रहेका सवै स्थानमा एटिएम सेवा विस्तार गर्ने संस्थाको योजना अनुसार नेपालगञ्जमा समेत एटिएम सेवा सञ्चालनमा ल्याइएको हो । यो तेश्रो एटिएम काउन्टर हो ।

नेपालगञ्ज उप महानगरपालिकाका मेयर धवल शम्शेर राणाले एटिएम सेवा शुरुवातको शुभारम्भ गरेका हुन । भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले विभिन्न २४ स्थानमा आफनो सेवा केन्द्र विस्तार गरेको छ ।

मेयर राणाले सहकारी संस्थाहरुले यस्ता आधुनिक सेवा सञ्चालन गर्दा शेयर सदस्यहरुलाई वित्तिय कारोवार गर्न धेरै सजिलो हुने बताए । नेपालगञ्जमा यस किसिमका सेवा आउँदा सहकारीका सदस्य बाहेकका अन्य नगरबासीलाई समेत फाइदा पुग्ने उनको भनाई थियो ।
संस्थाले माघ महिना भित्र विभिन्न १३ वटा सेवा केन्द्रमा एटिएम सेवा सञ्चालनमा ल्याउने तयारी गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत गौतमले बताए ।


शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले प्रविधि मैत्री सेवामा जोड दिएको छ । जसअन्तर्गत यो सहकारीले मोवाइलएप समेत सञ्चालनमा ल्याइसकेको छ । हाल मोबाइल एपका ४ हजार भन्दा बढि प्रयोगकर्ता रहेको सहकारीले जानकारी दिएको छ ।

यसअघि नै भक्तपुरको कमलविनायक, कास्किको पोखरा पस्र्याङमा एटिएम सेवा सञ्चालनमा आइसकेको छ । उपभोक्ताले शिवशिखर बहुउद्देश्यीय सहकारीको एटिएम प्रयोग गरेर मुलुका सवै बैंक तथा वित्तिय संस्थाका एटिम काउन्टरबाट पनि वित्तिय सेवा लिन सक्ने छन् । प्रमुख कार्यकारी अधिकृत गौतमका अनुसार भारतमा समेत यो कार्ड प्रयोगमा ल्याउन सकिने छ ।

उपभोक्ताले किनमेल गर्दा विभिन्न अनलाईन स्टोरहरुलाई समेत शिवशिखरको कार्ड मार्फत रकम भुक्तनी गर्न सक्ने बताइएको छ ।

पश्चिम नेपालको व्यवसायीक हवका रुपमा रहेको नेपालगञ्जको न्यूरोडमा आफ्नै भवनबाट शिवशिखर सहकारीले वित्तिय सेवा सञ्चालन गरिरहेको छ । एटिएम सेवा सञ्चालनमा आएपछि यसले स्थानीय उपभोक्तालाई सहज रुपमा वित्तिय सेवाको अवसर मिल्ने प्रमुख कार्यकारी अधिकृत गौतमले बताए । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले निकट भविष्यमा इ टेलर इ टान्जेक्सन लगायतका सेवा पनि सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुटरहितको काँग्रेसले मात्र मुलुकको भविश्य कोर्न सक्छ : नेता गिरी

११ माघ २०७८, मंगलवार १८:०५
नेपालगञ्ज :  नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दिपक गिरीले पार्टीभित्र कुनै गुट उपगुट हुन नहुने कुरामा जोड दिएका छन् । प्रेस युनियन बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस केन्द्रीय सदस्य गिरीले सो कुरा बताएका हुन । नेता गिरिले गुटरहितको काँग्रेस भएमा मात्र यसले मुलुकको भविश्य कोर्न […]