विकको अध्यक्षतामा नगरको सिम्ताली समाज

२० आश्विन २०७५, शनिबार १७:२२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : पूर्व सिँचाई राज्यमन्त्री दलबहादुर सुनारले सिम्तालीहरुको भाषा र संस्कृति संरक्षणका लागि एकजुट हुनुपर्ने बताएका छन् । सिम्ताली एकता समाज बाँकेले शनिवार नेपालगञ्जमा गरेको भेलामा बोल्दै सुनारले भाषिक समृद्धि, लोक साहित्य र लोकनाचको सिम्ता खानीनै भएको बताए ।
बाँकेमा रहेका सिम्तालीहरुलाई एकजुट र एकिकृत गर्दै पूर्वराज्यमन्त्री सुनारले सिम्ताली भाषा र संस्कृतिलाई जोगाउन एकजुट भएर लाग्नुपर्ने कुरामा जोड दिए ।
भेलाले कृष्ण विकको अध्यक्षतामा ९ सदस्यीय नगरस्तरीय समितिसमेत गठन गरेको छ । समितिको उपाध्यक्षमा युवराज पोख्रेल, सचिवमा बालकृष्ण खड्का, सहसचिवमा नैनसरा भण्डारी र कोषाध्यक्षमा तुलसा चन्दलाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा काशीराम राना, पहलमान खत्री र तेजबहादुर खत्रीलाई चयन गरेको छ । समाजले यसअघि पनि बाँकेको बैजनाथमा खड्कबहादुर खड्काको अध्यक्षतामा ११ सदस्यीय गाउँ समिति र कोहलपुरमा निमबहादुर चन्दको अध्यक्षतामा ११ सदस्यीय नगर समिति गठन गरिसकेको छ ।
समाजका सचिव लिलाधर ढकालले सञ्चालन गरेको कार्यक्रममा समाजका अध्यक्ष, निमकान्त उपाध्याय, उपाध्यक्ष शोभा सिंह ठकुरी, पत्रकार काशीराम शर्मा, समाजका आजिवन सदस्य सुरत बहादुर खत्री, केन्द्रीय सदस्य निरक पोख्रेललगायतले धारणा राखेका थिए ।

Next Post

प्रभात मावि जिगाउँका अभिभावक विद्यालयको बस किन्न सघाउदै

२० आश्विन २०७५, शनिबार १७:२२
सदरलाइनडटकम    बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका–५ अरनिकोनगर जीगाउँको प्रभात माध्यमिक विद्यालयका लागि बस किन्न अभिभावकले १९ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । सामुदायिक विद्यालयलले पनि निजि विद्यालयको जस्तै सेवा र सुविधा दिनको लागि विभिन्न योजनाहरु अघि सार्दै विद्यार्थीलाई आफुतिर आकर्षण गर्नको लागि विद्यालयले बस किन्ने योजना […]