ब्राउनसुगर सहित एक जना पक्राउ

सदरलाइन संवाददाता ६ भाद्र २०८०, बुधबार १६:००
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१६ टंकपसरीबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्रामसहित सोही एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा, सोही उपमहानगरपालिका–१५ जमुनाहा बस्ने २० वर्षीय ओसिम साई रहेका छन् ।


लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र ईलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

क्रिकेट मैदानको बस्ति नहटाउन क्रान्तिकारीको चेतावनी

६ भाद्र २०८०, बुधबार १६:००
कोहलपुर (बाँके) : कोहलपुर क्रिकेट मैदान क्षेत्रमा बसोवास गर्दै आएका ब्यक्तिहरूको उचित ब्यवस्थापन बिना घरटहरा नहटाउन कोहलपुर नगरपालिकालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँकेले चेतावनी दिएको छ । बिशाल खाँद्धारा हस्ताक्षरित एक बिज्ञप्ति जारी गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँकेले स्थानियहरूलाई उचित ब्यबस्थापन नगरी चालिने कदम आफुहरुलाई सह्यै नहुने बताएको हो […]