बाँकेलाई चैत मसन्तसम्म साक्षर जिल्ला घोषणा गर्ने तयारी

सदरलाइन संवाददाता १४ फाल्गुन २०७८, शनिबार १९:२०
 


नेपालगञ्ज  : बाँकेलाई चैत्र मसान्तसम्म साक्षरता जिल्ला घोषणा गर्नको लागि सरोकारवाला निकाय सहमत भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले समुन्नत नेपाल काठमाण्डौ संगको सहकार्यमा शिक्षा विकास तथा समन्वय ईकाई बाँकेको आयोजनामा सम्पन्न कार्यक्रमका सहभागिले सो कुरामा सहमत जनाएका हुन ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका शिक्षा निर्देशक मनोज गैरेले लुम्बिनी प्रदेशलाई चालु आर्थिक वर्ष भित्रै साक्षर प्रदेश घोषणा गर्ने तयारी अघि बढाईएकोले बाँके र कपिलबस्तुका कारण केही प्रभावित भएको भएपनि बाँकेमा भएको तयारीले आशा लाग्दो नतिजा आउने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरका महानिर्देशक चुडामणी पौडेलले सामाजिक जागरणका लागि स्थानीय तह जिम्मेवार भएरसाक्षर नागरिक बनाउनका लागि शिक्षाको क्षेत्रमा लगानी गर्न आवश्यक रहेको औल्याए ।


आठवटा पालिका रहेको बाँकेमा नरैनापुर, डुडुवा र नेपालगञ्ज उपमहानगर मात्र साक्षर पालिका घोषणा हुन बाँकी छन् । डुडुवामा ढिलो अभियान सञ्चालन गरेको कारण अभियान प्रभावित हुनसक्ने आशंका गर्दै सबैको चासोको विषय बन्नु पर्ने उनको जोड थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीबास्तब, नेपालगञ्ज उपमहानगरका प्रमुख डा.धवलशम्शेर राणालगायतका जनप्रतिनिधिहरु, बाँकेका आठवटै पालिकाका प्रमुख प्रशाशकिय अधिकृत, शिक्षा शाखा प्रमुख, शिक्षा संग सरोकार राख्ने निकायहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ओशोनिक क्लबको विजयी सुरुआत, धम्बोझी र कारकादो बराबरीमा

१४ फाल्गुन २०७८, शनिबार १९:२०
नेपालगञ्ज :  शनिबारदेखि सुरु भएको बाँके जिल्ला लिग फुटबल प्रतियोगितामा ओशोनिक क्लबले जित हासिल गरेको छ । भने धम्बोझी र कारकादो बराबरीमा रोकिएका छन । ओशोनिकले मिलन युवा स्पोर्टस क्लबलाई ३–० ले हरायो । नेपालगञ्ज रंगशालमा भएको खेलमा ओशोनिकलाई जित दिलाउन क्षितिज राना मगर, गोविन्द खड्का र गणेश बैगारले १–१ […]