लकडाउन प्रभावित बटुवाका लागि सञ्चालित निशुल्क भोजन स्थगित, राहत बितरणमा केन्द्रित हुने

१५ बैशाख २०७७, सोमबार २१:४२
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनका प्रभावित बटुवालाई बाँकेको कोहलपुरमा निशुल्क भोजनको व्यवस्था गर्दै आएकोमा सोमबारदेखि बन्द गरिएको छ ।

लकडाउनको कारण विभिन्न जिल्लाका व्यक्तिहरु घर फर्किनको लागि पूर्व–पश्चिम राजमार्ग हुँदै भोकभोकै हिड्ने बटुवालाई लक्षित गरी कोहलपुरका सहयोगी मनहरुको समुहले सञ्चालित निशुल्क भोजन ११ दिनसम्म सञ्चालन गरी करिव ७ हजार ३ सयलाई सेवा प्रवाह गरेका थिए ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गरी राजमार्गमा आफ्नो गन्तब्यमा जाने बटुवालाई लक्षितगरी निशुल्क भोजनको व्यवस्था गरेकोमा बटुवाको संख्या घटेपछि स्वरुप परिवर्तन गरि सेवा प्रवाह गरिने सो कार्यक्रमको संयोजनकर्ता  लक्ष्मणराज पौडेलले बताए ।

उनले विभिन्न सहयोगी मनहरुको साथ र सहयोगले सञ्चालन गरिएको सो अभियानमा ११ दिनको अवधिमा झण्डै ७ हजार २ सय ८२ जनालाई खान खुवाईएको  जानकारी दिए ।


कोहलपुर चौराहमा संचालन हुँदै आएको निशुल्क सामुहिक भोजन कार्यक्रम स्थगित गरि अव स्वरुप परिवर्तन गरि उद्दार कार्य र राहत वितरणमा जोड दिने प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ कोहलपुरका संयोजक मातृका सापकोटाले जानकारी दिए । उनले लामोदुरीका पैदलयात्रीको संख्या न्युन हुदै गएकोले सामुहिक खाना खुवाउने कार्यक्रम स्थगित गरिएको बताए ।

उनले सो अवधीमा खाना खुवाउने मात्र नभएर करिब १३ हजार बढिको नागरिकलाई उद्दार गरि गन्तव्य तर्फ पठाएको बताए । उनले नितान्त मानविय सेवाभावले अभियान सुरु गर्दा केहीले ‘कोहलपुर चौराहमा सामुहिक भोजन व्यवस्थापन गर्दा कोहलपुरमा कोरोना सक्रमण फैलने खतरा’ रहेको भन्दै बिरोध आएको स्मरण गर्दै सामाजिक दुरी कायम राख्दै सेवा प्रवाह गरेको जानकारी दिए ।

उनले आफुहरुको सो अभियानमा विभिन्न ७० जना व्यक्ति, संस्था, प्रतिस्ठान जोडिएर विभिन्न सहयोग गरेको कारण आफुहरुको अभियान सफल भएको भन्दै सबै सहयोगी मनहरुलाई धन्यबाद समेत दिए । सो अवसरमा नेपाली काँग्रेस वडानं. ११ का सभापति मोहन चापागाईले राहत बितरणमा अव आफुहरु केन्द्रीत रहने बताउदै अभियान सञ्चालनमा सहभागि सबैलाई धन्यबाद व्यक्त गरेका थिए ।

Next Post

‘कोभिड–१९ रिलिफ फन्ड बाँके’मा पानस फार्मसियुटिकलको १ लाख ६७ हजारबढी खाद्यान्न सहयोग

१५ बैशाख २०७७, सोमबार २१:४२
सदरलाइनडटकम, नेपालगञ्ज  :  कोबिड–१९ नोबल कोरोना भाइरस सङक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनले ३५औं दिन पुरा हुँदा यसले प्रत्यक्षरुपमा दैनिक ज्याला मजदुरी गर्ने, भाडमा बस्ने, विद्याथीलार्ई प्रभावमा पारेको छ । यस्तै लक्षित बर्गलाई परेको समस्या समाधानको पहल गर्ने उद्देश्यले प्रदेश नम्बर ५ का सांसद कृष्ण केसी (नमुना) को अगुवाइमा गठित ‘कोभिड–१९ […]

सम्बन्धित