जानकारी नदिई काम गर्दा त्रिभुवन चोक तनावमा

२६ चैत्र २०७५, मंगलवार १८:३०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जको त्रिभुवनचोकमा रहेको शालिकको भग्नावशेष सोमवार राती एक्कासी जेसिभी प्रयोग गरी भत्काउन खोजिएपछि स्थानीय बासिन्दाले विरोध गरेका छन् । स्थानीयको विरोध पछि शालिकको भग्नावशेष पनि पुरा नभत्काई छोडिएको छ । त्रिभुवनको शालिक २०६२/६३ को जनआन्दोलनमा भत्काइएको थियो ।
राम्रो काम गर्न लागेपनि रातीको समयमा पुर्व जानकारी नदिई काम शुरु गर्न लाग्दा स्थानीय बासिन्दा आक्रोशित भएको पाइएको छ । त्रिभुवनचोकमा सडक बिस्तार भई फराकिलो भएपछि चोकको सौन्दर्यकरणका लागि नेपालगञ्ज उद्योग बाणिज्य सङ्घले कारकादौं चोकमा घण्टाघरसहित त्रिभुवनचोक निर्माणका लागि मङ्सिर १३ गते डिजाईन नक्सा सहित सहमति माग गरेको हो । शालिक भत्काइएपछि चोकमा लामो समयसम्म राष्ट्रिय झण्डा राखिएको थियो । सङ्घका अध्यक्ष नन्दलाल बैश्यको समन्वयमा त्रिशक्ती सिमेन्टले दुबै स्थानमा निर्माणको जिम्मा लिएको हो ।



मङ्सिर १८ गते बसेको नगर कार्यपालिका बैठकले निर्माणाधिन स्तम्भमा प्रतिमा राख्ने ठाउँ छोडेर अन्य निर्माण कार्य गर्न सङ्घलाई सहमती दिने निर्णय गरेको छ । तर त्यसरी निर्माण गर्दा वडाका जनप्रतिनिधी, वडाबासी सहित वडाबाट सिफारिस भई आएमा मात्र सहमती दिने सर्त समेत राखिएको छ । सङ्घका अध्यक्ष बैश्यले नेपालगञ्जका मेयर राणाको प्रस्तावमा आफुहरुले डिजाईनसहितको नक्सा लिएर उपमहानगरपालिकामा प्रस्ताव पेश गरेको बताए ।
उनले निर्माण थाल्नु भन्दा अगाडी डिजाईन नक्सा सार्वजनिक नगर्दा अन्यौलता भएको देखिएको बताए । चोकमा स्तम्भ बनाएर राष्ट्रिय झण्डा राख्ने र हाईमाष्ट लाईट राख्ने योजना रहेको बैश्यको भनाई छ । चौकको नयाँ नामाकरण गर्ने वा कसैको इतिहास मेटाउने उद्धेश्य नभएको उनले बताए। स्थानीयबाट विरोध भएपनि उपमहानगरपालिकाको नयाँ निर्णयको प्रतिक्षामा रहेको अध्यक्ष बैश्यले बताए ।

Next Post

ई गाउँमा विद्यालय भवनको शिलान्यास

२६ चैत्र २०७५, मंगलवार १८:३०
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ई गाउँमा रहेको मनकामना आधारभुत विद्यालयमा पिल्लरसहितको तीनकोठे पक्कि भवनको निर्माण सुरु भएको छ । मंगलबार बाँके क्षेत्र नम्बर ३ का सांसद नन्दलाल रोकायले भवनको शिलान्यास गरे । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवराम विसीका अनुसार भवनको सम्पूर्ण लागत करिब २८ […]