विद्यार्थीलाई कानुन सिकाउँदै बाँके प्रहरी

सदरलाइन संवाददाता १९ श्रावण २०८०, शुक्रबार १५:०२
 

नेपालगञ्ज : बाँके प्रहरीले पछिल्लो समयमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याएको छ । प्रहरीले नेपालगञ्जस्थित मङ्गलप्रसाद नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई कानुनसम्बन्धी जनचेतनामूलक प्रशिक्षण प्रदान गरेको जनाएको छ ।

उक्त विद्यालयका कक्षा ९ र १२ का विद्यार्थीहरुलाई जबरजस्ती करणीसम्बन्धी कानुनी प्रक्रिया, हद म्याद र दण्ड सजायसम्बन्धी जनचेतनामूलक प्रशिक्षण प्रदान गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक नरेश विकले जबरजस्ती करणीका बारेमा प्रशिक्षण दिएको प्रहरीले जनाएको छ । प्रशिक्षणमा जबरजस्ती करणी भनेको के हो ? यसको कानुनी प्रक्रिया, हदम्याद र दण्ड सजाय के हुन्छन् भन्ने बारेमा विद्यार्थीहरुलाई प्रहरी निरीक्षक विकले प्रशिक्षण दिनुभएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजना र सामुदायिक प्रहरी सेवा केन्द्रको समन्वयमा उक्त जनचेतनामूलक प्रशिक्षण दिइएको थियो ।

पछिल्लो समयमा प्रहरीले सामुदायिक प्रहरी सेवा केन्द्रसँगको समन्वयमा जिल्लाका विभिन्न विद्यालयहरुमा विभिन्न जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यार्थीमार्फत सचेतना प्रदान गर्दा समाजमा सकारात्मक प्रभाव पर्ने गरेका कारण विद्यार्थीहरुलाई विभिन्न सचेतनामूलक प्रशिक्षण प्रदान गर्ने गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानवसेवा आश्रमको ज्ञान हस्तान्तरण कार्यक्रम रुपन्देहीमा हुने

१९ श्रावण २०८०, शुक्रबार १५:०२
नेपालगञ्ज : मानवसेवा आश्रमले आफ्नो ११औँ वार्षिकोत्सवका अवसरमा १३ औँ ज्ञान हस्तान्तरण कार्यक्रम (राष्ट्रका लागि युवा) आयोजना गर्ने भएको छ । यही भाद्र ०५ देखि १३ गतेसम्म नौ दिने आवासीय ज्ञान हस्तान्तरण कार्यक्रम गर्न लागिएको आश्रमले जानकारी दिएको छ । यसपटक उक्त कार्यक्रम मानवसेवा आश्रमको शाखा कार्यालय रुपन्देही बुटवलमा हुनेछ […]

सम्बन्धित