सदरलाइनडटकम,
दाङ : दाङमा सडेको अवस्थामा एक पुरुषको शव भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ सिद्धेश्वरी टोल नजिकै करीब ५० बर्षीय पुरुषको शव भेटिएको हो ।
शव सडिसकेकाले एकहप्ता अघिको हुनसक्ने ईलाका प्रहरी कार्यालय तुुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । उनका अनुसार कोही नबस्ने खाली घरमा मृत्यु भएकाले पनि लामो समयसम्म उनको शव फेला पर्न नसकेको हो ।
केटाकेटी खेल्ने क्रममा शुक्रवार बेलुकी शव भेटाएका थिए । उनी लामो समय देखि त्यही घरमा बस्दै आएको र मागेर गुजारा गर्दै आएको स्थानीयले बताएका छन् । उनको नाम, ठेगाना भने खुल्न सकेको छैन् ।


