सदरलाइनडटकम,
तनहुँ : तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाईते भएका छन् । तनहुँको आँबुखैरेनीमा ना ४ ख ७८४१ नम्बरको बस आईतवार दुर्घटना हुँदा उनीहरु जना घाइते भएका ह्न् ।
लमजुङको बेसीशहरबाट मुग्लिनतर्फ जाँदै गरेको बस अनियन्त्रित भएर आँबुखैरेनी गाउँपालिका २ नारीघाटमा सडकबाट १५ मिटर तल खसेको थियो । घाइतेको अवस्था सामान्य रहेको र उनीहरुको छिम्केश्वरी अस्पताल आँबुखैरेनीमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
तस्बिर : उज्यालो अनलाईन ।


