२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

कोहलपुरबाट रेडपाण्डाको छालासहित पाँच पक्राउ



सदरलाइनडटकम
कोहलपुर (बाँके) : बाँके प्रहरीले दुर्लभ तथा संरक्षित जन्तु रेड पाण्डाको छालासहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक निराजन घिमिरेले दिएको जनाकारी अनुसार बिहीबार साँझ पाँच बजेको समयमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको विशेष टोलीले कोहलपुर–२ सालको बुटामा रहेको सन्ध्यालक्ष्मी खाजा घरबाट रेड पाण्डाको छाला १ थान र पाँचजनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले बाँके बैजनाथ–१ वर्ष ४६ का बुद्धि शर्मा, वडा नं. २ का २८ वर्षिय मुकेश दमाई, वडा नं. ४ का ४१ वर्षिय थमन दमाई, २८ वर्षिय दिपक सुनार र २१ वर्षिय बलराज ऐडीका साथबाट सो रेड पण्डाको छाला बरामद गरी अनुसंधान सुरु गरेको प्रहरी निरिक्षक घिमिरेले जानकारी दिए ।
प्रहरीले सो छाला कहाँबाट ल्याईएको हो र कुन प्रयोजनको लागि ल्याईएको हो भन्ने विषयमा अनुसंधान भई रहेको र शुक्रबार उनीहरुलाई छालासहित आवश्यक कारवाहीको लागि संघिय बन कार्यालय बाँकेमा पठाईने प्रहरी निरिक्षक घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ असोज २५ गते बिहीबार
ताजा समाचार