२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बस दुर्घटनामा बालकको मृत्यु, तीन घाइते



सदरलाइनडटकम,
रुकुम : रुकुम पश्चिममा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते घएका छन् । मुसिकोटमा बस दुर्घटना हुँदा मुसिकोट नगरपालिका १ का ९ वर्षीय प्रयास बिसीको मृत्यु भएको हो ।
दुर्घटनामा ८ वषीय जेनिश बिसी, चालक राम र सहचालक घाइते भएको प्रहरीले जनाएको छ । बा ३ ख ७४६१ नम्बरको बस सल्लेबाट खलंगातर्फ जाँदै गर्दा सल्ले बसपार्क नजिकै दुर्घटनामा परे थियो । घाइतेको जिल्ला अस्पताल सल्ले रुकुममा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७५ असोज ३० गते मंगलबार
ताजा समाचार